News Portal

निर्माण व्यवसायी संघ, जाजरकोटको १५ औं साधारण सभा सम्पन्न

डिजिटल संचार संवाददाता२०८१ पौष २६
३३५ पटक

जाजरकोट
निर्माण व्यवसायी संघ, जाजरकोटको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा शुक्रबार १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

गैरीखाली स्थित रातो घरको सभाहलमा सम्पन्न १५ औं बार्षिक साधारण सभाले कुनै पनि नयाँ निर्माण व्यवसायी निर्माण व्यवसायी संघ, जाजरकोटमा आबद्ध हुनलाइ लाग्ने शुल्क २५ हजारलाइ घटाएर ५ हजार शुल्क लाग्ने निर्णय गरेको निर्माण व्यवसायी संघ, जाजरकोट अध्यक्ष रण बहादुर कार्कीले जानकारी दिए । त्यसैगरी संघको आबद्धतालाइ नविकरण गर्न लाग्ने बार्षिक शुल्क २ हजारलाइ घटाएर एक हजार शुल्क निर्धाण गर्ने निर्णय पारित गरेको अध्यक्ष कार्कीले बताए ।

सम्पन्न १५ औं बार्षिक साधारण सभामा सहभागीले दिएको जानकारी अनुसार निर्माण व्यवसायी संघ, जाजरकोटको विधानले गरेको व्यवस्था अनुसार निर्वाचन प्रणालीका केही बुद्धाहरुलाइ संशोधन गर्ने नीतिगत निर्णय पारित गर्दै सभा सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्