News Portal

नेपाल राष्ट्रिय ईन्जिनियरिङ्ग प्राविधिक संगठन जाजरकोट अध्यक्षमा थापा

डिजिटल संचार संवाददाता२०८२ जेठ २२
३६६ पटक

जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय ईन्जिनिरिङ्ग प्राविधिक संगठन जाजरकोट अध्यक्षमा ई. पदम थापा चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा बुधबार सम्पन्न प्रथम भेलाले नेपाल राष्ट्रिय ईन्जिनिरिङ्ग प्राविधिक संगठन जाजरकोट अध्यक्षमा ई. थापालाई सर्वसम्मत चयन गरेको हो ।

जिल्लाका सात वटै स्थानीय तहबाट सहभागी रहेको प्राविधिकहरुको प्रथम भेलाले उपाध्यक्षमा पवन खत्रीलाइ सर्वसम्मत चयन गरेको छ भने, सचिवमा पुष्पराज गौतम, सह–सचिवमा हेरम्ब सिंहलाइ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी भेलाले कोषाध्यक्षमा रत्न बहादुर रानालाइ सर्वसम्मत चयन गरेको छ ।

थापाको अध्यक्षतामा दुइ सदस्य पछि मनोनित गर्नेगरि १५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको भेलाले टेक प्रसाद भट्टराइ, सुप्रभा घर्ती मगर, किरण विश्वकर्मा, लोकेन्द्र विक, भगवति जैसी, प्रेम बस्नेत, भुपेन्द्र खत्री र रुद्र खनाललाइ सदस्य पदमा सर्वसम्मत चयन गरेको नेपाल राष्ट्रिय ईन्जिनिरिङ्ग प्राविधिक संगठन जाजरकोटका अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाले दिएको जानकारी अनुसार प्रथम भेलाले ईन्जिनियर यशोसेयसनमा आबद्ध व्यक्तिहरुलाई संगठनको साधारण सदस्यता वितरण गर्ने, पालिका स्तरीय भेला तथा सम्मेलनको आयोजना गरी संगठनको संरचना निर्माण गर्ने, ईन्जिनियरिङ्ग संगठनको आयोजनामा जिल्ला स्तरीय स्कुलिङ्ग संचालन गर्ने लगाएतका साँगठनिक निर्णय गरेको छ ।

ईन्जिनियरिङ्ग पेशा भनेको चौतर्फि दवावको सामाना गर्नुपर्ने पेशा भएको बताउदै अध्यक्ष थापाले नेपाल राष्ट्रिय ईन्जिनिरिङ्ग प्राविधिक संगठनमा आबद्ध प्राविधिकहरुले फरक पहिचान दिनुपर्ने भनाइ राखेका थिए । राष्ट्र निर्माणको मुख्य जिम्मेवारी समालेको ईन्जिनियर पेशाबाट सुलभ तरिकाले नागरिकलाइ प्राविधिक सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष थापाले भनाइ राखेका थिए ।

जाजरकोट जिल्लाको पार्टी निर्माणमा ईन्जिनियर पेशाको महत्वपूर्ण भुमिका रहेको बताउदै भेलाका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवं कर्णाली प्रदेशका ईन्चार्ज काली बहादुर मल्लले ईन्जिनियर बालकृष्ण खनालले पार्टी संगठन निर्माणमा खेलेको भुमिकालाइ स्मरण गराएका थिए । विचार, राजनीति सहितको पेशागत संगठनको तागतबाट विकास, समृद्धि र रोजगारीका कामलाइ अगाडी बढाउन सकिने विश्वास व्यक्त गर्दै मल्लले भेलाबाट सर्वसम्मत चयन कार्यसमितिलाइ बधाइ दिएका थिए ।

उक्त भेला सफलताको शुभकामना तथा बधाइ मन्तव्य नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला समन्वय समिति संयोजक टेक बहादुर रावल, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य चन्द्र बहादुर वली, नेपाल राष्ट्रिय ईन्जिनिरिङ्ग प्राविधिक संगठन कर्णाली प्रदेशका उपाध्यक्ष ई.उमेश खड्का, प्रदेश सदस्य ई. मनोज खत्री, नेकपा (माओवादी केन्द्र) जुनीचाँदे गाउँ समिति अध्यक्ष जय बहादुर घर्ती (हिमाल), प्रेस सेन्टर नेपाल जाजरकोट अध्यक्ष लोकेन्द्र विक्रम शाहीले राखेका थिए । कार्यक्रमको संचालन बामु देवकोटाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्