News Portal

लागु ओषध प्रयोगकर्ताको पहिचान गर्न भेरीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन

डिजिटल संचार संवाददाता२०८२ जेठ २६
७९ पटक

जाजरकोट
भेरी नगरपालिकाले निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरेको छ । लागु औषध प्रयोगकताहरुको पहिचान गर्न भेरी नगरपालिकाले निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरेको हो ।

सुक्रबार जाजरकोट जिल्ला अस्पताल र सनिबार भेरी नगरपालिका–७ स्यालीबजारमा निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरिएको थियो । लागु औषध प्रयोगकर्ताहरुको पहिचान तथा उपचार गर्नुको साथै विभिन्न कारणले मानसिक स्वास्थ्य समस्यामा परेकाहरुको पहिचान तथा उपचार गर्न भेरी नगरपालिकाले दुई दिने निशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरेको भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक बहादुर वलीले जानकारी दिए ।

शिविरमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अमित झा र मानसिक रोग विशेषज्ञ डा. दिपिका विधानले मानसिक स्वास्थ्यका बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । दुइ ठाउँमा संचालन गरिएको शिविरबाट ३०० जनाले स्वास्थ्य जाँच सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख वलीले बताए । १२१ जना मानसिक रोगका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख वलीले जानकारी दिए । मानसिक रोगका १२१ जना विरामीलाइ उपचार तथा परामर्श सेवा प्रदान गरिएको उनले वताए ।

विरामीहरुलाइ ३७ प्रकारका औषधीहरु वितरण गरेर शिविरबाट उपचार सेवा प्रदान गरेका थियौं शाखा प्रमुख वलीले भने, “गम्भीर समस्या भएका दुइ जना मानसिक रोगका विरामीलाइ पाटन अस्पतालमा रिफर गरेका छौं ।” शिविरबाट पहिचान गरिएका १२ जना मानसिक स्वास्थ्यका बिरामीहरु मध्ये गम्भीर समस्या भएका २ जनालाई “क” वर्गको, “ख” वर्गको लागि २ जना र “ग” वर्गको लागि ८ जनालाइ अपाङ्गता परिचय पत्रको लागि नगरपालिकालाइ सिफारिस गरिएको शाखा प्रमुख वलीले बताए ।

शिविरमै १२१ जना मानसिक रोगका विरामीलाइ ४ जना मनोविद तथा मनोपरामर्शकर्ताबाट मनोपरामर्श सेवा प्रदान गरिएको थियो । शिविरबाट लागु औषधको कुलतमा फसेकाहरुको पहिचान गर्नुको साथै रिहाब सेन्टर (पुनस्र्थापना केन्द्र) मा राख्नुपर्ने व्यक्तिहरुको पनि पहिचान गरिएको शाखा प्रमुख वलीले जानकारी दिएका छन् । लागु औषध दुव्यर्सनीमा फसेकाहरुको पहिचान गर्न भेरी नगरपालिकाले जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र १२ वटा माध्यामिक विद्यालयलाइ लापसे परीक्षण किट वितरण गर्ने योजना रहेको शाखा प्रमुख वलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्