
जाजरकोट
भेरी नगरपालिका–९ स्थित स्वास्थ्य चौकी भुर पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । भेरी नगर स्वास्थ्य शाखाको आयोजनामा सोमबार स्वास्थ्य चौकी भुरलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
भुर स्वास्थ्य चौकी जाजरकोट जिल्लाको दोस्रो र कर्णाली प्रदेशको तेस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–४ स्थित सरिकोट स्वास्थ्य चौकी कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था गत बर्ष घोषणा गरिएको थियो भने, केही दिन पहिला भेरी नगरपालिका–१३ कुदु स्थित स्वास्थ्य चौकीलाई कर्णाली प्रदेशको दोस्रो र जाजरकोट जिल्लाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।
पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिका–२०७९ अनुसार स्वास्थ्य चौकी भुरलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य चौकी भुरका ईन्चार्ज लाल बहादुर खड्काले जानकारी दिए । निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा (बिद्युत), खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधिहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थाप लगाएतका १० वटा मापदण्डलाइ स्वास्थ्य चौकीले पुरा गरेको ईन्चार्ज खड्काले भने, ‘नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोप युक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक पुरा गरेर भुर स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेका छौं ।’ पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकानुसार १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिदै ईन्चार्ज खड्काले १५.५० प्रतिशत अंक प्राप्त गरेर भुर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताए ।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप–प्रमुख दल बहादुर सिंहले व्यानर पढेर कुदु स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेका थिए । स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरेर पोषणमैत्री वडा घोषणाको अभियानलाइ अगाडी बढाएको वडालाइ बालमैत्री वडा घोषणा अभियानलाइ अगाडी बढाउन उप–प्रमुख सिंहले सुजाएका थिए ।
विकास भनेको पूर्वाधार विकास मात्र नभएर सामाजिक विकास र रुपान्तरण महत्वपूर्ण पक्ष भएको भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले भनाइ राखेकी थिइन् । पोषण मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष भएको बताउदै उप–प्रमुख जैसीले पौषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न लागिपर्ने जनप्रतिनीधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका र ९ नम्बर वडाबासीलाइ धन्यवाद दिइन् । भेरी नगरपालिकाले सामाजिक सुरक्षा नीति पास गरेको जानकारी दिदै उप–प्रमुख जैसीले उम्मेरको हदबन्दीले महिला स्वास्थ्य स्वयसेविका सेवा निवृत्त हुदा सम्मान स्वरुप ५० हजार दिने व्यवस्था गरिएको जानकारी दिइन् ।
महिला स्वास्थ्य स्वयसेविकाको दैनिक ८०० भत्तालाइ १२ सय बनाएको स्मरण गराउदै उप–प्रमुख जैसीले नगरपालिकाको बार्षिक जम्मा बजेटको ३ देखि ५ प्रतिशत बजेट महिला तथा बालबालिकाको क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था गरेको बताईन् । ९ नम्बर वडालाइ पूर्वाधार विकाससंगै सामाजिक विकासका क्षेत्रमा बालमैत्री वडा, शैक्षिक सुधार वडा, विभेद मुक्त वडा लगाएत नमुना वडा घोषणा अभियानलाइ अगाडी बढाउनु पर्नेमा उप–प्रमुख जैसीले जोड दिएकी थिइन् ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र वडाबासीको महत्वपूर्ण भुमिका रहेको बताउदै स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डा. कृतिका बगालेले अझ बढि महत्वपूर्ण भुमिका महिला स्वास्थ्य स्वयमसेविकाहरुको रहेको बताइन् । बालबालिकाहरुको नियमित स्वास्थ्य जाँच गरेर पोषणमैत्री स्वास्थ्य संस्था घोषणालाइ निरन्तरता दिन डा. बगालेले सुझाएकी थिइन् । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका सबै सुचकहरुमा निरन्ता दिन महिला स्वास्थ्य स्वयम सेविकाहरुको महत्वपूर्ण भुमिका रहने बताउदै डा. बगालेले उनीहरुलाइ धन्यवाद सहित सम्मान गर्नुपर्ने भनाइ राखेकी थिइन् ।
२०३२ सालमा स्थापना भएको भुर स्वास्थ्य चौकी कर्णाली प्रदेशकै तेस्रो र जाजरकोट जिल्लाको दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीले बताए । आधारभुत स्वास्थ्यलाइ नेपालको संविधानले मौलिक हकमा राखेको जानकारी दिदै शाखा प्रमुख वलीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमका सबै सुचकहरु पुरा गर्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, वडा कार्यालय, बहुँ क्षेत्रीय पोषण कार्यक्रम लगाएतका विभिन्न कार्यक्रमहरुको महत्वपूर्ण भुमिका रहेको वलीले भनाइ राखेका थिए । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पश्चात जङ्गफुटको उपभोगलाइ अन्त्य गर्नुपर्ने भनाइ राख्दै शाखा प्रमुख वलीले रैथाने बालीबाट बनाएका परिकारहरुलाई प्रमोट गर्नुपर्ने भनाइ राखेका थिए ।
भेरी नगरपालिकाले सुरु गरेको मावन विकासको अभियानलाइ वडाले कार्यान्वयन गर्ने सन्दर्भमा पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्न सफल भएको ९ नम्बर वडाका वडाअध्यक्ष हिरा प्रसाद शर्माले भनाइ राखेका थिए । बालमैत्री वडा घोषणा अभियानलाइ अगाडी बढाएको जानकारी दिदै वडा अध्यक्ष शर्माले बालमैत्री वडाका सुचकहरु पुरा गर्न पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गर्नुको साथै वडा घोषण प्रक्रियालाइ अगाडी बढाएको बताए ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष बीर बहादुर चन्द, वडा नं. ७ का वडा अध्यक्ष दिप बहादुर शाही, नेपाली काँग्रेसका वडा सभापति भागवत शर्मा, नेकपा एमालेका प्रवीण केसी, नेकपा (माओवादी केन्द्र) केशव प्रसाद शर्माले प्रतिबद्धतामुलक शुभकामना मन्तव्य राखेका थिए ।
बच्चाको २४ पटक स्वास्थ्य संस्था बृद्धि अनुगमन गराउने आमा र बच्चालाई कार्यक्रममा अण्डाका क्यारेड र फलफुल उपहार प्रदान गरिएको थियो भने, महिला स्वास्थ्य स्वयम सेविका, आमा समुह, स्वास्थ्य सेवा कार्यालयलाइ नगर स्वास्थ्य शाखाले सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियो । कार्यक्रमकी संचालिका तथा नगर स्वास्थ्य शाखामा कार्यरत पोषण फोकल पर्सन कौशिला बटालाले बहँुक्षेत्रीय पोषण रणनीति अनुसार पोषणमैत्री वडाका ४९ वटा सुचकहरु रहेको जानकारी दिएकी थिइन् । बटालाले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पोषणमैत्री वडा घोषणाको सुचक रहेको बताएकी थिइन् ।