आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अदालतद्धारा सोती हत्याकामा २३ जनालाई जन्मकैदकाे फेसला

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/८/१९ गते
जाजरकोट

रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ । रुकुमपश्चिम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

रुकुमपश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो ।

 

प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी भेरी नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।

 

२०७७ साल जेठ ३२ गते रुकुमपश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीहरुको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको छ । अदालतले ८ जनालाई सफाइ दिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्