नलगाड नगरपालिकामा सनिबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । होम आईशोलेसनमा रहेका ७ जना र संस्थागत आईशोलेसनमा रहेका २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
कोभिड–१९ को दोस्रो लहरमा १९३ जनालाई गरिएको परीक्षणबाट १०७ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले जनाएको छ । हालसम्म ६० जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएको नलगाड नगरपालिकाले सनिबारको आईतबार प्रकाशित कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । थप उपचारको लागि ७ जना संक्रमितलाई रिफर गरेको नगरपालिकामा २ जना संक्रमितको मृत्यु भएको प्रतिवेदन विवरणले देखाएको छ ।
३३ जना संक्रमितले स्वास्थ्यकर्मीको निगरानीमा होम आइशोलेसनमा रहेर सनिबार उपचार गराई रहेका छन् भने, ४ जना संक्रमितले संस्थागत आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । सनिबार नलगाड नगरपालिकामा ३७ जना सक्रिय संक्रमित रहेका छन् ।