News Portal

नेपाल बार एशोसिएसन जाजरकोट अध्यक्षमा प्रकाश कुमार शाही

जाजरकोट
१९७७ पटक

बिद्वान कानुन ब्यबसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन, जाजरकोट अध्यक्षमा अधिबक्ता प्रकाश कुमार शाही सर्बसहम चयन भएका छन् । नेपाल बार एशोसिएसन, जाजरकोटको सुक्रबार सम्पन्न जिल्ला अबिधेशनले शाहीलाई अध्यक्षमा सर्बसहम चयन गरेको हो ।

शाही अध्यक्ष रहेको ११ सदस्य जिल्ला बार इकाई जाजरकोटको उपाध्यक्षमा अधिबक्ता राजबहादुर सिंह, सचीबमा अधिबक्ता छवीराज शर्मा, कोषाध्यक्षमा अधिबक्ता धन बहादुर थापालाई जिल्ला अबिधेशनले सर्बसहमत चयन गरेको थियो । सम्पन्न जिल्ला अबिधेशनले जिल्ला बार इकाई जाजरकोट सदस्यहरुमा अधिबक्ता सहदेव जंग शाह, अधिबक्ता नीमबहादुर शाही, अधिबक्ता भीमबहादुर सिंह, अभिबक्ता कृष्ण विक्रम शाह, अभिकर्ता पदम बहादुर शाह, अभिकर्ता किष्णबहादुर थापा र अधिबक्ता कमलराज रावतलाई सर्बसहत चयन गरेको अधिबक्ता भीमबहादुर सिंहले जानकारी दिए । अधिबक्ता सिंह अघिल्लो कार्यकालका अध्यक्ष हुन् ।

जिल्ला बार इकाई, जाजरकोटका संस्थापक अध्यक्ष अधिबक्ता सहदेब जंग शाह हुन भने, दोस्रा र तेस्रो कार्यकालका अध्यक्ष अधिबक्ता छवीराज शर्मा हुन् । त्यसैगरी चौथो कार्यकालका अध्यक्ष अधिबक्ता नीमबहादुर शाही हुन् । पाँचौं कार्यकालको अध्यक्ष अधिबक्ता भीमबहादुर सिंह थिए । जिल्ला बार इकाईको कार्यकाल तीन–तीन बर्षको हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्