
Warning: Undefined variable $post in /home/digitalsanchar/public_html/wp-content/themes/esnnews/functions/gallery-type.php on line 29
Warning: Attempt to read property "ID" on null in /home/digitalsanchar/public_html/wp-content/themes/esnnews/functions/gallery-type.php on line 29
Warning: Undefined variable $instance in /home/digitalsanchar/public_html/wp-content/themes/esnnews/functions/gallery-type.php on line 81
भेरी नगरपालिकाद्धारा गर्भवती आमाको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरिएको छ । ‘मेयर स्वास्थ्य सुधार कार्यक्रम’ अन्तरगत नगर स्वास्थ्य शाखाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट जिल्लाका अन्य पालिकाहरुको तुलनामा बढि प्रभावित भेरी नगरपालिकाले यतिवेला गर्भवती आमाहरुको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरिरहेको नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव यज्ञनाथ गौतमले जानकारी दिएका छन् ।
मानव स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको भेरी नगरपालिकाले कोरोना संक्रमणको दोस्रो लहरमा कोरोना परीक्षण गर्न घरदैलो कार्यक्रम संचालन गरेको थियो । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आउन वित्तिकै गर्भवती आमाहरुको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरिएको अहेव गौतमको भनाई रहेको छ ।
पोषण सम्बेदनशिलता र पोषण लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको भेरी नगरपालिकाले सुनौला हजार दिन भित्रका गर्भवती आमाहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । गर्भवती आमाहरुको निशुल्क स्वास्थ्य जाँच तथा भिडियो एक्सरे कार्यक्रमबाट नगरपालिकाले ५ वटा स्वास्थ्य चौकी र ७ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट प्रत्येक महिनाको एक दिन सेवा दिने लक्ष्य राखेको छ ।
भेरी नगरपालिका–१३ कुदु स्थित स्वास्थ्य चौकीबाट मंगलबार गरिएको स्वास्थ्य परीक्षण तथा भिडियो एक्सरेबाट २० जना गर्भवती आमाहरुले सेवा लिएको अहेव गौतमले जानकारी दिएका छन् । ३ महिना भन्दा माथिका गर्भवती आमाहरुको निशुल्क भिडियो एक्सरे गरिएको अहेव गौतमले बताएका छन् । कुदु स्वास्थ्य चौकी जस्तै भेनपा–११ जगतिपुर स्वास्थ्य चौकीमा बुधबार गरिएको स्वास्थ्य परीक्षण तथा निशुल्क भिडियो एक्सरे कार्यक्रमबाट २७ जना गर्भवती आमाले सेवा लिएको अहेव गौतमले जानकारी दिएका छन् । जगतिपुरमा बुधबार गरिएको भिडियो एक्सरेले तीन जना गर्भवती महिलाको पेटमा उल्टो बच्चा बसेको पत्ता लागेको गौतमले जानकारी दिएका छन् । पेटमा उल्टो बसेका बच्चालाई सुल्टो बनाउनलाई ती गर्भवती आमालाई खलंगा वा चौरजहारी जान सल्लाहा दिएको अहेव गौतमले जानकारी दिएका छन् । मंगलबार र बुधबार गरिएको निशुल्क भिडियो एक्सरे कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको उपचार शाखामा कार्यरत डा.ईन्द्र थापा सहभागी भएका थिए ।