News Portal

नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाले स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

५२० पटक

नेपाल कोभिड–१९ प्रतिकार्य परियोजनाले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य सेवा कार्यालयलाई आईतबार बिहान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयमा आयोजित औपचारिक कार्यक्रमममा कारितास नेपालका क्षेत्रीय कार्यक्रम व्यवस्थापक जनक शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा र स्वास्थ्य सेवा कार्यालयको उपचार शाखा प्रमुख डा. अमिन शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

क्याथोलिक रिलिफ सर्भिस (सिआरसी) अमेरिकाको आर्थिक सहयोगमा कारितास नेपाल र जागरण विकास केन्द्र नेपाल (यार्सन) द्धारा संचालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना–२०२१ ले २६ लाखको स्वासथ्य सामाग्री सहयोग गरेको क्षेत्रीय व्यवस्थापक शर्माले जानकारी दिए । शर्माले दिएको जानकारी अनुसार २० वटा अक्सिजन सिलिण्डर, १० वटा अक्सिजन कन्सन्टेटर, ३४ वटा पल्स अक्सिमिटर, एक सय ४७ वटा भेन्चुरी फेस मास्क, ४ सय ५० वटा पीपीई सेट, ५१५ वट्टा सर्जीकल मास्क, १०० वट्टा सर्जीकल ग्लोप्स, ५०० मिलिटरका २१० बोतल ह्याण्ड सेनिटाइजर गरी २६ लाख ३२ हजार ६०० बराबर मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । परियोजनाले कोभिड–१९ बाट प्रभावित तथा जोखिममा रहेका परिवारहरुलाई प्रतिव्यक्ति २ हजार २०० मुल्यपर्ने १२ लाख २५ हजार ४८५ को आइशोलेसन किट उपलव्ध कार्यक्रम रहेको जनाएको छ ।

महामारीको अबस्थामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य सेवा कार्यालयलाई गरेको स्वास्थ्य सामाग्री सहयोगले जिल्लाका कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । कारितास नेपाल संचालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना मार्फत स्वास्थ्य सेवा कार्यालयमा तीन जना स्वयमसेवक परिचालन गरेर स्वास्थ्य सेवा प्रवाहमा मद्दत गरेकोमा प्रजिअ देवकोटाले धन्यवाद व्यक्त गरेका थिए ।

विश्वव्यापी कोरोना भाईरस संक्रमणको जटिल अबस्थामा स्वास्थ्य सामाग्री सहयोग गरेकोमा उच्च प्रसंशा गर्दै भेरी नगरपालिकाका उप–प्रमुख भावना भण्डारीले जाजरकोट बासीको तर्फबाट कारितास नेपाललाई धन्यवाद दिएकी थिईन ।

सवास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिकसमाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख हरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्