News Portal

एक किलो चरेश सहित जाजरकोटमा दुई जना पक्राउ

पक्राउ हुनेमा एक जना भारतिय नागरिक

८०३ पटक

नेपाल सरकारको कानुनले प्रतिबन्ध लगाएको एक किलो चरेश सहित नेपाल प्रहरीले जिल्ला सदरमुकाम खलंगामा दुई जना पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा एक किलो चरेश सहित दुई जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

लागु औषध चरेशलाई नेपालको कानुनले प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एक किलो चरेश सहित जाजरकोटका खलंगादेखि नेपालगन्ज तर्फ जादै गरेका दुई जनालाई भे. १ ज १०७ नम्बरको भाडावाला बोलेरो जीपबाट आईतबार दिउसो साढी २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा एक जना ३१ बर्षिय भारतिय नागरिक रहेका छन् । मुस्ताविक अहमद नाम रहेका भारतिय नागरिकले बोकेको झोलाबाट एक किलो चरेश सहित ४५ हजार ५०० भारतिय रुपैया, एक स्क्रीन टच मोबाईल र आधार कार्ड प्रहरीले बरामत गरेको छ ।

उनीसंगै पक्राउ परेका अर्का व्यक्ति बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका– ११ का २० बर्षिय उबेद खान रहेका छन् । खानको शरिरमा रहेको नेपाली ५ हजार नगद प्रहरीले बरामद गरेको छ । एक किलो चरेश सहित आईतबार पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीले सोमबार जिल्ला अदालतमा म्याद थपगरी अनुसन्धान गरिरहेको छ ।

भेरी नगरपालिका–४ शान्ति चौतारा स्थित ट्राफिक प्रहरी पोष्ट नजिकै गाडीहरु चेकजाँच गरिरहेको अबस्थामा भे. १ ज १०७ नम्बरको बोलेरो जीपबाट झरेर पैदल हिडिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्