News Portal

जाजरकोटमा मास्क बैंक स्थापना

५७८ पटक

आर्थिक रुपमा विपन्न नागरिकहरुका लागि जाजरकोटमा मास्क बैंक स्थापना भएको छ । दैनिक किनेर मास्क प्रयोग गर्न नसक्ने नागरिकहरुका लागि मास्क बेैक स्थापना गरिएको हो ।

‘ए हजुर तपाईंको माक्स खोइ ? अभियान’ अन्तरगत सोमबार आयोजित र्याली तथा मास्क वितरन कार्यक्रममा आफ्नो धारण राख्दै यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले मास्क बैंक स्थापना गर्न लागेको जानकारी दिएका थिए । मास्क बैंक स्थापनाको लागि हुनेले दिऔं, नहुनेले लिऔं मान्यतालाई स्थापित गरिने प्रबन्धक बस्नेतले भनाई राखेका थिए । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा मास्क बैंक सन्चालन गरिने बस्नेतले बताए । मास्क बैंक स्थापना गर्नका लागि आफ्नो तर्फबाट १ हजार मास्क जम्मा गर्ने बस्नेतले बताए ।

मास्क बैक स्थापनाको कार्य अगाडि बढिरहेको जानकारी दिदै बस्नेतले मास्क बैंक संचालनको लागि उपयुक्त ठाउँमा कोठाको खोजी भई रहेको बताए । तत्कालको लागि उक्त मास्क बैंकलाई भेरी नगरपालिका–४ रामजानकी टोल तथा रडियो हाम्रो पाइला एफएम नजिकमा रहेको यार्सन कार्यालयबाट संचालन गरिने बस्नेतले बताए । उक्त कार्यालयमा आएर सहयोगी दाताहरुले मास्क बैंकलाई सहयोग गर्न र प्रयोगका लागि विपन्न नागरिकहरुले मास्क लिन हुन बस्नेतले अपिल गरेका छन् । मास्क बैक संचालन गर्नका लागि यार्सनका तर्फबाट १ जना स्वयमसेवक परिचालन गर्ने बताईएको छ । मास्क बैंकको आय व्ययलाई साप्ताहीक रुपमा सार्वजनिक गरिने यार्सन जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्