News Portal

प्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक जाजरकोटमा सम्पन्न

आगामी भदौ १ गतेदेखि विद्यालय संचालन गर्न प्याब्सनले पहल गर्ने निर्णय

७२० पटक

नीजि तथा आबासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिको भेला तथा पूर्ण बैठक जाजरकोटमा सम्पन्न भएको छ । संस्थागत बिद्यालयहरुको छाता संगठन प्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक सुक्रबार जाजरकोटमा सम्पन्न भएको हो ।

प्याब्सन नेपालसंग आबद्ध १० वटै जिल्लाका संस्थागत विद्यालय संचालक तथा शिक्षकहरुको सहभागिता रहेको कर्णाली प्रदेशको भेला तथा पूर्णबैठकले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका संस्थागत विद्यालयका संचालक तथा शिक्षहरुप्रति शोक प्रस्ताव पास गरेको प्याब्सन नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए । अध्यक्ष खत्रीले दिएको जानकारी अनुसार भेला तथा बैठकले प्याब्सन नेपालको केन्द्रिय कार्यालय भवन निर्माणमा मावि स्तरका संस्थागत विद्यालयले न्युनतम २० हजार, निमाविले १५ र प्राविले १० हजार सहयोग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी बैठकले कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पुरा गरेर आगामी भदौं १ गतेदेखि संस्थागत विद्यालयहरु संचालनमा ल्याउन पहल गर्ने निर्णय गरेको बैठकका सहभागी दिनेश गौतमले जानकारी दिएका छन् ।

कोभिड–१९ को संक्रमणले विश्व मानव जातिमै संकट पैदा गरेको बताउदै प्याब्सन नेपाल कर्णाली प्रदेशका अध्यक्ष खत्रीले अरु सम्पूर्ण क्षेत्रलाई बन्द गरेर भएपनि शैक्षिक क्षेत्रलाई संचालन गर्नु पर्ने धारणा राखेका थिए । एक दुई बर्षको पढाई बन्द हुनुले बालबालिकाहरुको १० बर्षसम्मको पढाईमा बाधा पुग्ने अध्यक्ष खत्रीले भनाई रहेको थियो ।

भेला तथा बैठक सफलताको शुभ–कामना दिदै प्याब्सन नेपाल केन्द्रिय समिति सल्लाहाकार सागर भुसालले कोरोना भाईरसको संक्रमणले शैक्षिक क्षेत्रलाई मर्न पनि नसक्ने र बाँच्न पनि नसक्ने अबस्थामा पुर्याएको वताए । शैक्षिक क्षेत्रलाई संचालन गर्न नीजि क्षेत्रले पहल गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भुसालले भनाई राखेका थिए । कार्यक्रम सफलताको शुभ–कामना भेरी नगरपालिकाका उप–प्रमुख भावना भण्डारी, प्रहरी निरिक्षक लगाएत व्यक्तिहरुले दिएका थिए भने, कार्यक्रम थकाली होटलको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्