News Portal

जाजरकोटमा बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु, ७ जना घाइते

२२५ पटक

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । उपचारको लागि घाईतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी गरिएको छ ।

भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्ड अन्तरगत नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिम आठबीसकोटको जोड्ने बेलिब्रिज भाँचिदा दुई जना कामदारको मृत्यु भएको हो भने, ७ जना घाईते भएका छन् । निर्माणको काम गर्दागर्दै बिहिबार बेलिब्रिज भाँचिएको थियो ।

मृत्यु हुने कामदारमा भारत बहराइच घरका अन्दाजी ४० वर्षीय पुरोस्लिम चमार र बहराइचकै धर्मेन्द्र गौतम भन्ने हर्जन चमार रहेको प्रहरीले जनाएको छ । ७ जना घाइते मध्ये २५ वर्षीय क्रेन चालक नीरजकुमार चौधरी सामान्य घाइते भएका छन् । नवलपरासी घर भएका चौधरीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य घाइते हुनेमा ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सन्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार, ५० वर्षीय मैकुकुमार गौतम र ५१ वर्षीय प्रशान्तम राज कुमार रहेका छन् । बेलिब्रिज निर्माण कार्यमा १८ टनको क्रेन प्रयोग भएको बताएको छ ।

प्रतिकृया दिनुहोस्