News Portal

अखिल नेपाल शिक्षक संगठनको आयोजनामा स्वर्गीय अधिकारीप्रति श्रद्धान्जली

७४० पटक

अखिल नेपाल शिक्षक संगठन, जाजरकोटले सनिबार त्रिभुवन मावि खलंगामा श्रद्धान्जली सभाको आयोजना गरेको छ । संगठनका केन्द्रीय सदस्य शेर बहादुर अधिकारीको निधन प्रति दुख व्यक्त गर्दै अखिल नेपाल शिक्षक संगठन, जाजरकोटले श्रद्धान्जली सभाको आयोजना गरेको हो ।

गत भदौं ३० गते उपचारका क्रममा निधन भएका अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा नेपाल शिक्षक महासंघका केन्द्रिय उप महासचिव, शैक्षिक आन्दोलनका अगुवा, सामाजिक अभियन्ता, कवि, साहित्यकार स्वग्रीय अधिकारीको सम्झनामा श्रद्धान्जली सभाको आयोजना गरिएको अखिल नेपाल शिक्षक संगठन जाजरकोटले जनाएको छ । त्रिभुवन मावि खलंगामा आयोजित श्रान्द्धान्जली सभा कार्यक्रममा जिल्ला समन्वय समिती जाजरकोट प्रमुख मन बहादुर रावल, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य अच्युत प्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका जाजरकोट जिल्ला संयोजक ढकविर राना, नेपाल कम्युनिस्ट पार्टी भेरी नगर कमिटी इन्चार्ज हिमाल, नागरिक समाजका अगुवा तथा सामाजिक रुपान्तरणका अभियान्ता राजेन्द्र विक्रम शाह, भेरी ज्ञानोदय क्याम्पसका प्राध्यापक द्धय चन्द्र बुढा र पुर्ण सुनार, साहित्यकार तथा शिक्षक हरि सन्दर्भ लगाएत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वग्रीय अधिकारीप्रति १ मिनेट मौन धारण पश्चात उपस्थित सबैले श्रद्धाञ्जली व्यक्त गर्दै फोटोमा पुष्प अर्पण गरिएको थियो । स्वं अधिकारीप्रति भावपुर्ण कविता बाचन गरिएको थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य अच्युत प्रसाद शर्माले भावुक कविता प्रस्तुत गरेका थिए । शर्माले बाचन गरेको कविता सुनेर कार्यक्रममा सहभागी सबै भावुक भएका थिए । कविता बाचन पश्चात् केन्द्रिय सदस्य शर्माले स्वग्रीय अधिकारीको नाममा अक्ष्य कोष स्थापनाको लागि केन्द्रिय समिति तथा संगठनको राष्ट्रिय सम्मेलनमा छलफल गरि छिट्टै अक्ष्य कोष स्थापना गरिने बताएका थिए ।

अनौपचारिक रुपमा सम्पन्न भएको कार्यक्रम अखिल नेपाल शिक्षक संगठन जाजरकोटका सचिव रुद्र बहादुर वलीले संचालन गरेका थिए । संचालक वलिले शेरबहादुर अधिकारीको बारे चर्चा गर्दै शैक्षिक र साहित्यक क्षेत्रमा अधिकारीले पुर्याएको योगदान अतुलनीय भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्