News Portal

प्रदेशी शिक्षकको अनुभुतिजन्य कथा

२६३ पटक

नवराज न्यौपाने
‎(एउटा मान्ठ झोला बोकेर केही थान सपना थन्क्याउदै गाडी चढेर बेहाल ढंगले बसन्तपुर पुगेपछि ओर्लिन्छ । अस्पतालमा दुई दिन उपचार गरेपछि सन्चो नहुदै बिराटनगर रिफर पश्चात् उ केही घण्टापछि गन्तव्यमा पुगेर हस्पिटल छिर्छ तर छिर्नु अघि उसको मनमा अरू कुनै चिन्ता थिएन मात्रै तपाईंको मान्छे खोइ? प्रश्नको जवाफ कसरी फर्काउने भन्ने बारे त्यसपछि… )

मान्ठः excuse me  ! म रिफरको मान्छे ।
‎रिसिपभ्सनः हजुर कुरा भाथ्यो । बील काट्नुस् । केही टेस्ट सहित ५ हजार १०० लाग्छ ।
‎मान्ठः सबै चाहारेर मोबाइल बैङ्किङ, e–sewa गरी काट्छ । (फोन कल मार्फत पैसा जम्मा हुन्छ)
‎दिदीः तपाई आपतकालीन कक्षमा भर्न हुनुपर्ने हुन्छ ।
‎मान्ठः हस् । (झोलेवाल हिड्दै लुसुक्क emergency मा छिर्छ )
‎सिस्टरः तपाईंको मान्छे पठाउनुस् …
‎मान्ठः मेरो मान्छे म नै हो ।
‎सिस्टरः कस्तो कुरा गर्नुहुन्छ । रातको समय हुन्छ औषधी बिल अरू (अरू नबुझिने मेडिकल टम) कस्ले गर्ने ?
‎मान्ठः म आफै … जन्मिदा एक्लै जन्मिएको मर्दा नि एक्लै अनि अरू कसलाई खोज्नु ? उल्टै प्रश्न ।
‎सिस्टरः उम् तपाईं त …… यो पर्चा लिएर फार्मेसी बाट औषधी लिएर आउनुस् ?
‎मान्ठः हस् भन्दै मलिन अनुहारमा फोर्मेशी गएर (कइठ्या) तर हस्याङ्फस्याङ गर्दै यो लिनुस् ।
‎अन्टीः १९ नम्बर बिरामी सिस्टरले बोलाउनु हुन्छ ।
‎मान्ठः हस् । हतारमा हजुर ?
‎रनुसिस्टर ः उहीँ प्रश्न तपाईंको मान्छे ?
‎मान्ठः म आफै ।
‎सिस्टरः कोही छैन ? आउदैन ? बोलाउनु न ।
‎मान्ठः डिटेल्समा बताउदै म शिक्षक हो । घर कर्णालीको सुदर बिकट बस्ती जा………हो म शिक्षक हुँ ।
‎सिस्टरः बिचरा टिचरलाई कम पीडा छैन है ? सरुवा पनि हुँदैन ? थप्दै हे भगवान ! सकभर यो टिचर पेशा कसैले रोज्न नपरोस् । यस्तो बिरामी अवस्थामा पनि न नजिकै, न कसैको साथ । ल ठिकै छ सहि छाप गर्नुस् ।
‎मान्ठः हस् (आवश्यक स्थानमा सहि छाप गर्दै मन खिन्न बनाउँछ र भन्छ सिस्टर मैले फार्मेसीमा अकाउन्ट् खोलेको छु मेडिसिन ल्याउन लगाइदिनु हस् भन्दै १९ नम्बर बेड तिर हानिन्छ ।
‎अरूः सबैले मुख तिर हेर्छन् ।
‎मान्ठः बेवास्ता गर्दै बेडमा पल्टिन्छ र सबै तिर हेर्दै सबैका आफन्त कुरूवा भेट्ने आवतजावत देखेर उसको मनमा एउटा ठूलो सकारात्मक उर्जा पैदा हुन्छ वाह ! यो पो जिन्दगी आखिर जिन्दगी संघर्ष न हो । आखिर म अरू भन्दा फरक त रहेछु नि । गजब छ, सबै ठिक हुन्छ । म अब छिटै निको भइहाल्छु भन्दै भित्रबाटै आधा बिरामी सन्चो भएको भाव महसुस गर्छ । बेलाबेलामा केही ल्याउनु र बोलाउनु पर्दा पल्लो वल्लो बेडको सहायता पनि लिन्छ र सबैले सहयोग पनि गर्छन् । राति सबै सुतेको बेलामा क्यानला सहित स्लाइन बोत्तल बोकेर पनि शौचालय, बिलिङ रूम अरूअरू पनि भ्याइदिन्छ । उता घरबाट, गाउँबाट आफन्त सबैले सम्पर्क गर्न खोज्छन् तर के गर्नु टाढा भयो बाबू, हजुर यस्तै यस्तै … हस् ओके)

भोलीपल्ट
‎अर्काे सिस्टरः चेन्ज भएर नयाँ आउनु हुन्छ र भन्नू हुन्छ १९ नम्बर बेडको बिरामी खै ?
‎मान्ठः हतारिदै हजुर सिस्टर म छु ।
‎सिस्टरः आफ्नो मान्छे खोइ ?
‎मान्ठः हजुर यहाँ भएको सबै आफन्त हुनुहुन्छ नि ।
‎सिस्टरः अरू त भैहाल्छ तर तपाईंलाई खाना कसले ल्याउने ? मलाई चिन्ता छ ।
‎मान्ठः त्यो पनि हुन्छ । नम्बर दिने कल गर्ने अर्डर गर्ने यस्तै यस्तै टारे ।
‎अरूः अचम्मित हुँदै अन्य बेडबाट आउछन् र सोध्न थाल्छन् । घर कहाँ हो? पेशा के हो ? आदिआदि ।
‎मान्ठः झिजो मान्दै सबैलाई जवाफ फर्काइदिन्छ । तर डाक्टरलाई भने यसबारे जवाफ दिनु परेन किनभने उहाँलाई बसन्तपुरको डाक्टरले सबै डिटेल्स भनिसक्नु भाथ्यो लगभग सबैजसो भाँचोपाँचो मिलाइ सक्नु भाथ्यो ।
‎डाक्टरः कस्तो छ ?
‎मान्ठः उस्तै छ डाक्टर साव ।
‎डाक्टरः सबै ठिक हुन्छ । नआत्तिनुस् ।
‎मान्ठः हुन्छ डाक्टर साव । (५०% समस्या आफू स्ट्रङ भएर खट्दैमा निको भएको थियो भने अरू पनि सामान्य भैसकेको र अनुहारको चेहेरामम सामान्य रङ्ग एवम् उर्जा आएको जस्तो महसुस)

‎(हाल स्वास्थ्यमा सुधार भएको देखिन्छ । धन्यवाद सबैमा, विशेष धन्यवाद छ … सबै ।) (जिन्दगी संघर्ष न हो जस्तोसुकै अवस्थालाई पनि पचाउन सिक्नु अनि उ कहिल्यै एक्लो हुदैन सजिलोसँग जटिलताहरूलाई छिचोल्न सकिन्छ, जे आउँछ पचाउँछ ।)

(लेखकः न्यौपाने प्राथमिक तहको शिक्षण पेशामा संखुुवासभामा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस्