News Portal

पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन

४४ पटक

जाजरकोट
भेरी नगरपालिका–१ पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सुरक्षित प्रसुति सेवा केन्द्र (बर्थिङसेन्टर) उद्घाटन भएको छ । आइतबार भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले विधिवद रुपमा सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरेका हुन ।

जाजरकोट भुकम्प पश्चात विभिन्न विकास साँझेदार निकायहरुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनमा आबश्यक जनशक्तिसंगै उपकरणहरुको व्यवस्थापन गरेर सुरक्षित प्रसुति सेवा केन्द्रको उद्घाटन गरिएको थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नगरप्रमुख घर्तीले पानसमा बत्ति बाल्नुको साथै रिवन काटेर, व्यानर पढेर सुरक्षित प्रसुति सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

देश संघीयतामा गैसकेपछि पालमुनीबाट सेवा प्रवाह सुरु गरेका वडा कार्यालयहरु अहिले आफ्नै कार्यालय भवनबाट कार्यसम्पादन तथा सेवा प्रवाह गरिरहेको नगर प्रमुख घर्तीले भनाइ राखेका थिए । आधारभुत स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन निर्माण गरेपछि आज सुरक्षित प्रसुति सेवा केन्द्र स्थापना गर्न सम्भव भएको प्रमुख घर्तीले बताएका थिए ।

कार्यक्रमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोम बहादुर महत, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कार्की, भेरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मण विक्रम जिसी, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति उपाध्यक्ष ढकवीर राना, गैरसरकारी संस्था महासंघ, जाजरकोट अध्यक्ष सहदेव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

२०७५ सालसम्म वडामा स्वास्थ्य संस्था नभएको बताउदै वडा अध्यक्ष रानाले विगतमा सुरक्षित मातृत्व नभएर आफ्नो बज्यैले १३ वटा सन्तान जन्माउन बाध्य भएको भनाइ राखेका थिए । १३ वटा सन्तान जन्माएकी बज्यैका दुइ भाइ छोरा मात्र बचेको स्मरण गर्दै अध्यक्ष रानाले युग सुहाउदो स्वास्थ्य सेवा सुधार गर्न आफुहरु लागि परेको धारणा राखेका थिए । कार्यक्रमको संचालन पिपे आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज दलराज विकले गरेका थिए भने, स्वागत भाषण स्वास्थ्यकर्मी रामेश्वर रानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्