News Portal

जाजरकोटमा एम्बुलेन्स दुर्घटना परि चालकको मृत्यु

५० पटक

जाजरकोट
भेरी नगरपालिका–१ कोलचौर स्थित कल्लेखोलामा एम्बुलेन्स दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु भएको छ । सोमबार मध्येराति भेरी नगरपालिका–१ कोलचौर स्थित कल्लेखोलामा भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना हुदा घटना स्थलमै चालकको मृत्यु भएको हो ।

दुर्घटना परि मृत्यु हुने चालकमा भेरी नगरपालिका–१ ढौरीकाँडा निबासी २८ बर्षिय सुनिल चदारा रहेको जिल्ला प्रहररी कार्यालय, जाजरकोटले जनाएको छ । कौलचौरबाट आइतार राति मैदेतर्फ जादै गरेको भित्री कच्ची सडकबाट उक्त एम्बुलेन्स अन्दाजी १०० मिटर तल खसेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उदय युवा क्लव मुसीकोट नगरपालिका–१३ रुकुमपश्चिमका नाममा रहेको उक्त एम्बुलेन्स संचालन गर्नको लागि १० को सम्झौता गरेर सुनिलले ल्याएको ५ दिन मात्र भएको भेरी नगरपालिका–१ का वडा अध्यक्ष दिपक रानाले जानकारी दिए । कोलचौरबाट सुनिलले मध्येराति मैदेतर्फ के कति कामले एम्बुलेन्स हिडाएका हुन भन्ने बिषयमा अहिलेसम्म जानकारी हुन नसकेको वडाअध्यक्ष रानाले बताए । मध्येराति भएको दुर्घटनाको जानकारी विहान च्याउँ खोज्न जंगलमा पुगेका स्थानीबाट भएको अध्यक्ष रानाको भनाइ रहेको छ ।

स्थानीय नागरिकले जानकारी दिए पश्चात सोमबार विहान जिल्ला प्रहरी कार्यालय, जाजरकोट र अस्थायी प्रहरी पोष्ट रावतगाउँको संयुक्त प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटना स्थलको प्रहरी मुचुल्का पश्चात जिल्ला अस्पताल जाजरकोटले सुनिलको लास सोमबारनै पोष्टमार्टम गरेको छ । सुनिलको लास दांसंस्कार गर्नको लागि सोमबारनै कालेगाउँको शिवालयमा लगिएको वडा अध्यक्ष रानाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्