जाजरकोट आएका राउटेलाई जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस जाजरकोट शाखाबाट कम्बल र धोती वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट तीन हजार रुपैंया, तीन वटा कम्वल, तीन वटा धोती सहयोग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेले जानकारी दिएका छन् ।
राउटे समुदायका सहायक मुखिया शेरबहादुर शाही लगाएत तीन जनाको टोली बिहीबार जाजरकोट पुगेका थिए । उनीहरुलाई रेडक्रसबाट १० वटा कम्बल र १० वटा धोती दिएर सहयोग गरिएको रेडक्रसका सभापती हरीबहादुर बस्नेतले जानकारी दिएका छन् । उनीहरुले भेरी नगरपालिका तथा स्थानीयसंग सहयोग मागेका थिए ।
मुखिया शाहीले आफुहरु सिडियोलाई भेट्न र सहयोग माग्न आएको बताए । उनीहरु सल्यान हुदै अहिले सुर्खेतको सिम्ता गाउँपालिकाको कालि खोलामा करिब २ सयको संख्यामा रहेका छन् ।