News Portal

कोरोना भाईरसको संक्रमणबाट नागरिकलाई जोगाउन प्रहरीको घरदैलो कार्यक्रम

जाजरकोट
९३५ पटक

विश्व व्याधी कोराना भाइरस तथा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक सन्देश प्रबाह गर्न जिल्ला सदरमुकाम खलंगामा घरदैलो कार्यक्रम संचालन भएको छ । मालिका सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र जाजरकोटको आयोजनामा सचेतनामुलक सन्देश प्रवाह गर्न घरदैलो कार्यक्रम संचालन गरिएको हो ।

विश्व मानव समुदायलाई नै संकटमा पारिरहेको कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुन बेला–बेलामा साबुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने, अनिबार्य मास्क लगाउने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किने, बस्तु खरिद तथा सेवा प्रबाह गर्दा कम्तिमा २ मिटरको व्यक्तिगत दुरी कायम गर्ने, एक व्यक्तिले अर्को व्यक्तिसंग हात नमिलाउने, अंकमाल नगर्ने, संक्रमित व्यक्ति भन्दा टाढै बस्ने लगाएतका सन्देश प्रवाह गर्न घरदैलो कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिएका छन् । डिएसपी थापाले दिएको जानकारी अनुसार माईकिङ्ग गर्नुको साथै घरदैलो कार्यक्रम संचालन गरेर उक्त सन्देशलाई प्रवाह गरिएको छ । घरदैलो कार्यक्रममा सुत्केरी, बालबालिका र जेष्ठ नागरीकलाई २ सय थान मास्क बितरण गरिएको जिल्ला प्रहरी प्रमुख थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्