जाजरकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार शक्ति बहादुर बस्नेत विजयी भएका छन । प्रदेश सभा क मा बाम–लोकतान्त्रिक गठबन्धनकै साँझा उम्मेदवार बेदराज सिंह विजयी भएका छन् भने, प्रदेश सभा ख मा पनि गठबन्धनकै साँझा उम्मेदवार राजीव विक्रम शाह विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनका साँझा उम्मेदवार बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरी विजयी हासिल गरेका हुन । प्रदेश सभा क मा गठबन्धनका साँझा उम्मेदवार सिंहले १८ हजार ५४३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने, प्रदेश सभा ख मा गठबन्धका साँझा उम्मेदवार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् ।
विजयी प्रतिनिधि सभा सदस्य बस्नेतका निकटतम प्रतिद्धन्दी निरज आचार्यले २५ हजार १२० मत प्राप्त गरेका छन् । आचार्यलाई बस्नेतले ९ हजार ३१ मतान्तरले विजयी हासिल गरेका छन् । प्रदेश सभा क का विजयी प्रदेश सभा सदस्य सिंहका निकटतम प्रतिद्धन्दी डम्बर बहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गरेका छन् । विजयी भएका सिंहले प्रतिष्पर्धी सिंहलाई ७ हजार ७३ मतको अन्तरमा विजयी हासिल गरेका छन् । प्रदेश सभा ख का विजयी प्रदेश सभा सदस्य शाहका निकतम प्रतिद्धन्दी खिम बहादुर शाहीले १० हजार ५३० मत प्राप्त गरेका छन् । शाहीलाई ५ हजार ५१० मतले पछि पार्दै शाह विजयी भएका छन् । विजय भएका प्रतिनिधि सभाका सदस्य बस्नेत नेकपा (माओवादी केन्द्र) का उप–महासचिव हुन् । प्रदेश सभा क का विजयी सदस्य नेपाली काँग्रेस जाजरकोट पार्टी सभापति हुन् भने, प्रदेश सभा ख का विजयी सदस्य नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन् । गैर साँसदबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालि सकेका बस्नेतले २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनबाट सभासदमा निर्वाचित भएपश्चात गृह मन्त्रालयको जिम्मेवारी समालेका थिए । २०७४ सालको आम निर्वाचनबाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएपश्चात वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समालेका बस्नेतले २०७० साल यताका सबै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् ।
विजयी प्रदेश सभा क का प्रदेश सभा सदस्य सिंहले २०७४ सालको सम्पन्न निर्वाचनमा प्रदेश सभा सदस्य पदमा पराजित भएका थिए । प्रदेश सभा ख का विजयी प्रदेश सभा सदस्य शाह भने २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट सभासद निर्वाचित भएका थिए भने, २०७४ सालमा सम्पन्न आम निर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा पराजित भएका थिए ।
अहिलेको सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका निकटतम प्रतिद्धन्दी आचार्य नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । प्रदेश सभा क बाट प्रदेश सभा सदस्यका निकटतम प्रतिद्धन्दी सिंह पनि नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । सिंहले २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट सभासद पदमा पराजित भएका थिए । त्यसैगरी प्रदेश सभा ख बाट प्रदेश सभा सदस्यका निकटतम प्रतिद्धन्दी शाही नेकपा एमाले जाजरकोट जिल्ला अध्यक्ष हुन् ।
प्रतिनिधि सभा सदस्यको लागि एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यस पटकको निर्वाचनमा ६ जनाले प्रतिष्पर्दा गरेका थिए । बाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उप–महासचिव शक्ति बहादुर बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने, नेकपा एमालेबाट चुनावमा भाग लिएका केन्द्रिय सदस्य निरज आचार्यले २५ हजार १२० मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका नर बहादुर कार्कीले ९५० मत प्राप्त गरेका छन भने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिध सभा सदस्य पदमा उम्मेदवारी दिएका दिपक खनालले ४७२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका राज बहादुर शाहीले १७१ मत प्राप्त गरेका छन् भने, विपी काँग्रेसबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका झलक वाग्ले ७४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा क बाट सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाली काँग्रेस जाजरकोट सभापति बेदराज सिंहले १८ हजार ५४३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट चुनाव लडेका कमान बहादुर खड्काले ४ हजार ४४६ मत प्राप्त गरेका छन् भने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका गणेश बहादुर वटालाले ४५७ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ख बाट सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव विक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने, उनका निकटतम प्रतिद्धन्दी नेकपा एमाले जाजरकोट अध्यक्ष खिम बहादुर शाहीले १० हजार ५३० मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका कृष्ण बहादुर शाहीले १९३ मत प्राप्त गरेका छन् ।