Hamro Sanchar

लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/१९ गते
जाजरकोट

लैङ्किक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत खलंगामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समिति, जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

भेरी नगरपालिका, बालबिबाह सम्बन्धि साँझा अभियान संजाल जाजरकोट, युवा जागरण विकास केन्द्र नेपाल, (यार्सन) जाजरकोटको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडाअध्यक्ष, कार्यपालिकाका सदस्यहरु, विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी तथा सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

“गुणस्तरीय शिक्षामा लैङ्गिक हिंसाले पारेको असर” सम्बन्धि छलफल गर्न आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले गरेका थिए । “नि–शुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ ।” भन्ने नारा सहित आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहजकर्ता तथा नागरिक समाजका संयोजक शाहले लैङ्गिक हिंसाको ऐतिहासिक पृष्ठभुमि, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औचित्यता, लैङ्गिक हिंसाले घरदेखि समुदाय हुदै राज्य संचालनको बागडोर समालेका सत्ता संचालकसम्म पारेको प्रभावका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुले आ–आफ्नो धारणा राख्नुको साथै लैङ्गिक हिंसा न्युनिकरण गर्न स्थानीय तह र स्थानीय तहका जनप्रतिनीधिहरुले नीति तथा कार्यक्रम तय गर्नुपर्ने धारणा राखेका थिए । लैङ्गिक हिंसा विरुद्धको अभियानलाई पालिका मैत्री नभएर वडामैत्री बनाउनुपर्ने धारणा राख्दै सहभागीहरुले सामाजिक विकास अन्तरगतका महिला, बालबालिकाको बजेटलाई वडास्तरमा पठाउनुपर्ने भनाई राखेका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विभिन्न कार्यक्रमको आयोजना गरेर यहि मंसिर २४ गते समापन गर्ने कार्यक्रम रहेको भेरी नगरपालिका, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्