लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नेपाल प्रहरीले सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । सामुदायिक विद्यालय र वडा कार्यालय भवनमा संचालन गरिएको सचेतना मुलक कार्यक्रमा प्रहरीले स्थानीय बुद्धिजीवि, समाजसेवी, महिला स्वयंमसेविका, जनप्रतिनिधि र विद्यालयका शिक्षक, शिक्षिहरुसंग अन्तरक्रिया गरेको छ ।
“सभ्य समाजको पहिचानः लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” भन्ने नारा सहित संचालन गरिएको सचेतना मुलक कार्यक्रम सोमबार भेरी नगरपालिका–१ कालेगाउँ स्थित शिव माध्यामिक विद्यालय र कुशे गाउँपालिका–६ थर्पुभार्मा स्थित वडा कार्यालय भवनमा संचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार संचालन गरिएको सचेतना मुलक कार्यक्रमा १९० जनाको सहभागीता रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।