Hamro Sanchar

जाजरकोटमा जीप दुघर्टना हुदा ११ जनाको मृत्यु, १ जना घाईते

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/२६ गते
जाजरकोट

जाजरकोटको छेडागाड नगरपालिकामा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ भने, १ जना घाईते भएका छन् ।

छेडागाड नगरपालिका–४ भीरबाटीमा जीप दुर्घटना हुदा घटना स्थलमै ११ जनाको मृत्यु भएको छ भने, १ जना गम्भीर घाईते भएका छन् । मध्यपहाडी लोकमार्गबाट बेलुका पौने ५ बजेतिर जीप खसेको थियो । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप भीरबाट खसेपछि घटना स्थलमै ११ जनाको मृत्यु भएको थियो भने, १ जना गम्भीर घाईते भएका थिए । जेवाबाट लेवा जादै गरेको जीप एक्काशी भीरबाट खसेको थियो ।

घटना स्थलमै मृत्यु हुनेमा छेडागाड–५ का २८ बर्षिय दिपक अधिकारी, छेडागाड–५ कै २६ बर्षिय नैनसरा अधिकारी, छेडागाड–५का ३५ बर्षिय जयकुरा बुढा, छेडागाड–कै राम बहादुर बुढा, छेडागाड–६ का बीर बहादुर खत्री, भगवती–३ दैलेखका अमर बहादुर खत्री, भगवती–२ दैलेखका मान बहादुर रावत र भगवती–२ दैलेखका बीरेन्द्र केसी, छेडागाड–५ कै देवीसरा बुढा, छेडागाड–५ का अमर बहादुर अधिकारी र छेडागाड–५ कै ५ बर्षिय बालिका निषा अधिकारी रहेको स्थानीय प्रेम रावतले जानकारी दिएका छन् । घाईते हुनेमा छेडागाड–५ का जैभान अधिकारी रहेको प्रहरीले जनाएको छ । घाईते जैभानलाई उपचारको लागि सुर्खेततिर लगिएको जनाईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्