Hamro Sanchar

शिक्षा तथा बाल समृद्धिका लागि पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्न पाँचतारा युवा संरक्षक मञ्चद्धारा कार्याशाला सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/२७ गते
जाजरकोट

समाबेशी, गुणस्तरीय शिक्षा तथा बाल समृद्धिका लागि पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्न पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थागत क्षमता विश्लेषण गर्दै जाजरकोट जिल्लाका स्थानीय मुद्धाहरुलाई पाँच बर्षिय रणनीतिक योजनामा समावेश गर्न पाँचतारा युवा संरक्षक मञ्चले सरोकारवालाहरुबाट परामर्श लिन मंगलबार कार्यशाला सम्पन्न गरेको हो ।

सेभ द चिल्ड्रेनसंगको साँझेदारीमा संचालित लैङ्गिक उत्तरदायित्व तथा स्थानीयकरण परियोजना मार्फत पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले ५ बर्षिय रणनैतिक योजनालाई बार्षिक कार्ययोजना मार्फत रणनीतिक योजनामा समेटिएका सवालहरुको समाधान गरिने बताईएको छ । मंगलबारको कार्यशाला गोष्ठीका सहभागीहरुले शिक्षा र बाल समृद्धिका बिषयहरुलाई पाँच बर्षिय रणनीतिक योजनामा समावेश गर्न सुझाव राखेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट अध्यक्ष छवी पन्तले जानकारी दिएका छन् । कार्यशाला मार्फत परामर्श संकलन गर्ने क्रममा संस्थाका सवल, सुधार गर्नुपर्ने पक्षका अवसर र चुनौतीहरुको बिश्लेषण गरिएको थियो ।

संस्थाको संस्थागत क्षमता लेखाजोखा गरी परियोजनाले नीतिगत रुपमा तथा संस्थाको सुशासनको क्षेत्रमा पहिचान गरिएका समस्याहरुलाई सम्बोधन गर्नुपर्ने अध्यक्ष पन्तले कार्यशालामा आफ्नो भनाई राख्ने क्रममा बताएका थिए । संस्थालाई परिष्कृत संस्थाका रुपमा स्थापित गर्न विभिन्न नीतिगत सुधार गर्नुको साथै नयाँ नीतिहरुको निर्माण गरी संरचनागत रुपमा बलियो बनाउने कार्यक्रम अन्तरगत उक्त रणनीतिक योजना निर्माण गर्न लागिएको अध्यक्ष पन्तले जानकारी दिएका थिए ।

समुदायका बास्तविक समस्याहरुमा आधारित पाँच बर्षिय रणनीतिक योजना निर्माण गर्ने उदेश्य राखेर उक्त कार्यशाला गोष्ठीमा समुदायका विभिन्न संयन्त्रहरुका प्रतिनीधि, स्थानीय सरकार, जनप्रतिनीधि, नागरिक समाज, शिक्षक, विद्यालय व्यवस्थापन समिति, वडा बाल अधिकार संरक्षण समिति, बाल क्लब, स्वास्थ्य क्षेत्रका प्रतिनीधि लगाएतलाई सहभागी गराईएको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्