News Portal

आयोजनाको रकम भ्रष्टाचार गरेको आरोपमा एक शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो

३९४ पटक

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व रहेको नेपाल कम्यनिष्ट पार्टी निकट युवा संगठन नेपालले सनिबार एक शिक्षकलाई कालो मोसो दलेको छ । शिक्षण पेशामा रहेर ठेकेदार तथा योजना निर्माण कार्यसंगै सक्रिय राजनीति नगर्न चेतावनी दिदै युवा संगठन नेपालले शिक्षकलाई कालोमोसो दलेको हो ।

युवा संगठन नेपाल, भेरी–कर्णाली व्युरोले कुशे गाउँपालिका–४ स्थित भानुभक्त आधारभुत विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालोमोसो दलेको हो । शिक्षक शाही नेपाली काँग्रेस कुशे गाउँकमिटिका सचिव पनि हुन् । बैकल्पिक उर्जाको अनुदानमा २०६४ सालमा निर्माण कार्य सुरु गरिएको लघु जलविद्युत आयोजना उपभोक्ता समितिको अध्यक्ष भएर शिक्षक शाहीले २ करोड २१ लाख बजेट हिनामिना गरेको युवा संगठन नेपालले आरोप लगाएको छ । शिक्षण पेशामै रहेर सक्रिय राजनीतिक पार्टीको गाउँ कमिटिको भाईटल पोष्टको जिम्मेवारी लिएर सक्रिय राजनीति गरेको युवा संगठन नेपालले बताएको छ । युवा संगठनले भनेको छ–“कमजोरीहरुलाई सच्याउन शिक्षक शाहीलाई पटक–पटक आग्रह गरिएको थियो तर, अटेरी बनेर शिक्षक शाहीले शिक्षण संस्था र बैकल्पिक उर्जाको अनुदान रहेको लघु जलविद्युत आयोजनाको निर्माण कार्यलाई अस्तव्यस्त बनाउनुको साथै रकम हिनामिना गरेको हुदा चेतावनी स्वरुप जनकारवाही गरिएको हो ।”

युवा संगठन नेपाल भेरी–कर्णाली व्युरोले निकालेको प्रेस विज्ञप्तीमा भनिएको छ–“चेतावनी स्वरुपको कारबाहीलाई व्यवास्था गरी पार्टी, संगठनका विरुद्ध लाग्ने, भ्रम फैलाउने काम गरेमा त्यसको परिणाम स्वयमले भोग्नुपर्ने छ । लघु जलविद्युत आयोजनाको रकम सार्वजनिकीकरण गर्नुको साथै नेपाली काँग्रेस गाउँकमिटीको सचिव पदबाट राजीनामा दिएर शिक्षण पेशालाई जिम्मेवार र मर्यादित बनाउन चेतावनी दिन चहान्छौं ।”

प्रतिकृया दिनुहोस्