Hamro Sanchar

रुकुमपश्चिमको मुसीकोटमा तीन दिने अपाङ्गता समाबेशी बिकास तालिम सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/१२/१६ गते
जाजरकोट

रुकुमपश्चिमको मुसीकोटमा तीन दिने अपाङ्गता समाबेसी बिकास तालिम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, सुर्खेतद्धारा संचालिन एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले तीन दिने अपाङ्गता समाबेसी बिकास तालिम सम्पन्न गरेको हो । रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका ६ वटा पालिकामा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्थाका २९ जना प्रतिनीधिहरुलाई कार्यक्रमले उक्त तालिम दिएको थियो ।

जाजरकोटको नलगाड र भेरी नगरपालिका, रुकुमपश्चिमको मुसीकोट र चौरजहारी नगरपालिका, सल्यानको बागचौर र शारदा नगरपालिकामा कार्यरत अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनीधिहरुलाई तीन दिने अपाङ्गता समावेशी बिकास तालिम दिएको नेपाल नेत्र ज्योति संघ, सुर्खेतका अपाङ्गता समावेशी अधिकृत सिर्जना नेपालीले जानकारी दिईन । यही चैत १२ गतेदेखि सुरु गरिएको तालिम १४ गते सम्पन्न भएको थियो । मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यतामा उद्घाटन तथा समापन गरिएको तालिमका प्रशिक्षक मुकुन्द हरि दहाल रहेका थिए । तालिमको समापन कार्यक्रममा आफ्नो भनाई राख्दै मुसीकोट नगरपालिकाका प्रमुख केसीले आगामी दिनमा मुसीकोट नगरपालिकाले निर्माण गर्ने सबै भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागीहरुको अनुसासित र लगनशिलताले तालिमलाई पूर्ण सफलता बनाएको प्रशिक्षक दहालले भनाई राखेका थिए । अपाङ्गता समाबेशी अधिकृत नेपालीले तालिमको सहजीकरण लगाएतको अन्य सबै व्यवस्थापन गरेकी थिईन ।


Tagged
प्रतिकृया दिनुहोस्