आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायता सामाग्री वितरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/१२/२० गते
जाजरकोट

छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाको आयोजनामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो । अपाङ्गता सहायक सामाग्री वितरणमा छेडागाड नगरपालिकाले आर्थिक सहयोग गरेको थियो भने, लर्ड बुद्ध एजुकेजन एकाडेमी, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले प्राबिधिक सहयोग गरेको थियो ।

अपाङ्गता पहिचान गर्न संचालन गरिएको शिवीरबाट छनौट भएका २४ जना अपाङ्गता व्यक्तिहरुलाई सहायता सामाग्रीहरु वितरण गरिएको थियो । दुई दिनसम्म संचालन गरिएको उक्त सहायता सामाग्री बितरण कार्यक्रमबाट सहायता सामाग्री प्राप्त गरेका २४ जनामध्ये १७ जना शारिरीक अपाङ्गता भएका व्यक्ति थिए भने, ७ जना सुनुवाई सम्बन्धी समस्या भएका व्यक्तिहरु रहेका थिए । छेडागाड नगरपालिका प्रशासन शाखामा कार्यरत हरि वलीको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा सहायता सामाग्री बितरण गरिएको थियो । सहायता सामाग्रीले अपाङ्गता भएका बालबालिकाहरुको व्यक्तिगत जीवन यापनमा सहजता पैदा हुने पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका शिक्षा संयोजक कृष्ण बहादुर कार्कीले भनाई राखेका थिए । बालबालिकाहरुको अनिवार्य तथा आधारभुत शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उक्त सहायता सामाग्रीहरु बितरण गरिएको संयोजक केसीले बताए ।

सहायता सामाग्री प्राप्त गरेपछि आफुलाई बाँच्ने आशा पलाएको जानकारी दिदै छेडागाड–९ का कक्षा ७ मा अध्ययनरत हरि कामीले बिद्यालयमा सहज रुपमा आवतजावत गर्न सक्ने र आफुले शिक्षा पाउने अधिकार सुनिश्चतका लागि सामाग्री वितरण गर्ने संस्था पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई धन्यबाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्