आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटको खलंगामा व्यूर्टी पालर तालिम समापन

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/२६ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम सोमबार समापन भएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर सोमबार व्यूर्टी पालर सम्बन्धिको ४५ दिने तालिम समापन भएको हो ।

राष्ट्रिय आदीबासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद जाजरकोटको समन्वयमा सामाजिक विकास कार्यालय, जाजरकोटले ४५ दिने व्यूर्टी पालर तालिम संचालन गरेको थियो । सोमबार उक्त तालिमको औपचारिक रुपमा समापन गरिएको थियो । समापन कार्यक्रमका तालिममा सहभागी ९ जनालाई प्रमाण–पत्र हस्तान्तरण गरिएको थियो । भेरी नगरपालिकाबाट हिरा बाँठा, सारदा पुन मगर, तिर्था थापा, नविना विक, निर्मला विक, नलगाड नगरपालिकाबाट कल्पना मल्ल थापा, छेडागाड नगरपालिकाबाट झरना पुन, कुशे गाउँपालिकाबाट सिर्जना थापा, बारेकोट गाउँपालिकाबाट पार्वती कुमारी घर्ती सहभागी रहेका थिए । मधुमैया साक्य उक्त ४५ दिने तालिमको प्रशिक्षक थिईन ।

कर्णाली प्रदेश सरकारको अपाङ्गता, महिला, लोपुन्मुख, दलित, जनजातिहरुको लागि क्षमता विकास कार्यक्रम अन्तरगत जाजरकोटमा ४५ दिने व्यूर्टी पालर तालिम संचालन गरिएको सामाजिक विकास कार्यालय प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिए । व्युर्टी पालर तालिमले पेशा तथा व्यवसाय संचालन गर्न ईच्छुक महिला दिदी बैनीहरुलाई प्रयाप्त सीप विकास गराएको कार्यालय प्रमुख खत्रीले भनाई राखेका थिए । कमाउनका लागि विदेश जानुपर्छ भन्ने बुझाईको अन्त्य गर्न ४५ दिने व्युर्टी पालर तालिमबाट हासिल गरेको सीपलाई जीवन उपयोगी बनाउन कार्यालय प्रमुख खत्रीले सहभागीहरुलाई अपिल गरेका थिए ।

लोकको अगाडी आज हरेक मान्छेले आफुलाई सुन्दर देखाउन चाहिरहेको बताउदै जिल्ला समन्वय समिति प्रमुख काली बहादर खत्रीले सामाजिक विकास कार्यालले संचालन गरेको व्युर्टी पालर तालिम युग सुहाउदो तालिम भएको बताए । उक्त तालिममले महिलाहरुलाई स्वरोजगार बन्न सजिलो बनाउने बताउदै जिल्ला समन्वय प्रमुख खत्रीले सानै लगानीबाट व्युर्टी पालर व्यवसाय संचालन गर्न सकिने भनाई राखेका थिए । बजारको माग र युग सुहाउदो व्युर्टी पालर तालिमबाट सिकेका बिषयलाई व्यवसायमा उपयोग गर्न जिल्ला समन्वय प्रमुख खत्रीले सहभागीलाई अनुरोध गरेका थिए ।

व्युर्टी पालर सम्बन्धिको आधारभुत तालिमको कोर्ष ३० दिनमै पुरा हुने बताउदै प्रशिक्षक साक्यले ४५ दिनमा एडभान्स लेभलको कोर्ष पुरा भएको भनाई राखेकी थिईन् । ४५ दिनको तालिमबाट व्युर्टी पालर सम्बन्धि जान्नु पर्ने सबै कुराहरु सरल तथा सहज रुपमा सिक्न सफल भएको सहभागी पार्वती कुमारी घर्तीले भनाई राखेकी थिईन ।


Tagged
प्रतिकृया दिनुहोस्