आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा कोरोना संक्रमितको संख्या २४७ पुग्यो

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/२२ गते
जाजरकोट

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या २ सय ४७ पुगेको हो ।

भेरी नगरपालिका–११ जगतिपुरमा बुधबार ४५ जनालाई गरिएको परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिएका छन् । यो समाचार तयार पार्दासम्म जिल्ला अस्पताल र अन्य पालिकामा बुधबार गरिएको परिक्षणको रिपोर्ट आउन सकेको छैन् । टेलिफोनको नेटवर्क समस्याका कारण समयमै रिर्पोट आउन नसकेको हो ।

जिल्लाभरी ८ सय १४ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट २ सय ४७ जनालाई कोरोना पुष्टी भएको छ । पुष्टी भएका २ सय ४७ जना मध्ये जुनीचाँदे गाउँपालिकाका १ जना र भेरी नगरपालिकाका २ जनालाई सन्चो भएर डिस्चार्ज भएका छन भने, २ सय ४५ जना जिल्लामा सक्रिय संक्रमित विरामी रहेका छन ।

भेरी नगरपालिकामा होम आइशोलेसनमा १ सय ९४ जना रहेका छन् भने, ३ जना नगर आईशोलेसनमा गरी जम्मा १ सय ९७ जना रहेका थिए । २ जनालाई सन्चो भएपछि अब भेरी नगरपालिकामा १ सय ९५ जना संक्रमित बिरामी रहेका छन् । १६ जना छेडागाड नगरपालिकामा होम आइशोलेसनम रहेका छन् । शिवालय गाउँपालिकामा ११ जना होम आइशोलेसनमा रहेका छन् । जुनीचाँदे गाउँपालिकामा ६ जना होम आइशोलेसनमा रहेका थिए भने, एक जनालाई सन्चो भएर डिस्चार्ज भएपछि अब होम आइशोलेसनमा ५ जना संक्रमित विरामी रहेका छन् । त्यसैगरी नलगाड नगरपालिकाको आईशोलेसनमा १ जना र होम आइशोलेसनमा ४ जनागरी जम्मा संक्रमित ५ जना रहेका छन् भने, बारेकोट गाउँपालिकामा २ जना होम आईशोलेसनमा रहेका छन्, कुशे गाउँपालिकामा २ जना होम आइशोलेसनमा रहेका छन् । जिल्ला अस्पतालको आईशोलेसनमा ८ जना रहेका थिए भने, तीन जनालाई होम आइशोलेसनका लागी बाँकेको कोहलपुरमा पठाईएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । अब अस्पतालको आइशोलेसनमा ५ जना संक्रमित विरामी रहेका छन् ।

कुशे र नलगाडमा एन्टीजेन किटको अभावले परिक्षण कार्यलाई स्थगित गरिएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्