चट्याङ लागेर बारेकोट गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । गाई चराउन जंगलमा गएकी महिलालाई चछ्याङ्ग लागेर मृत्यु भएको हो ।
बारेकोट गाउँपालिका–५ तोल्खानकी अन्दाजी ३२ बर्षिय रेवती शाही सिंहलाई चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अविरल बर्षासंगै आएको चट्याङ्ग लागेर रेवतीको आइतबार दिउँसो तीन बजे मृत्यु भएको थियो । गाई चराउन मौरीभीरको जंगलमा गएकी रेवतीलाइ चछ्याङ्ग लागेको थियो ।