आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उर्जामन्त्री बस्नेतको पहलमा जाजजरकोटमा दुई वेलिवृज बन्ने निश्चित

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/१९ गते
जाजरकोट

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जाजरकोटका दुई नदीमा बेलिवृज बन्ने निश्चित भएको छ । बिहिबार मन्त्रीस्तरीय नीतिगत निर्णय भए पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक कार्यार्थ पत्राचार गरेपछि जाजरकोटका दुई वटा नदीमा मोटरेवल बेलिवृज बन्ने निश्चित भएको हो ।

जिल्लाको नलगाड नगरपालिका—५ देखि बारेकोट गाउँपालिका—८ जोड्ने खारा स्थित नलगाड नदी र छेडागाड नगरपालिका—४ देखि १२ जोड्ने खारा स्थित खारा खोलामा मोटरेवल बेलिवृज उपलब्ध गराउने मन्त्रीस्तरीय नीतिगत निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक कार्यार्थ लेखिएको पत्रमा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई बिहिबारनै आबश्यक कार्यार्थ पत्र लेखेको छ । मन्त्रालयले २.२÷२१३ टि.२४ चलानी नम्बर रहेको आवश्यक कार्यार्थ पत्रलाई विभागले शुक्रबार दर्ता गरेको छ । विभागले मन्त्रालयको उक्त आबश्यक कार्यार्थ पत्रलाई शुक्रबार २७७ नम्बरमा दर्ता गरेको छ ।

छेडागाड नगरपालिकाको खारा र नलगाड नगरपालिकाको खारामा मोटरेवल पुलको विकल्प नहुदा बर्षा र भरीले गर्दा सडक अबरुद्ध हुने, यातायातका साधनहरु संचालनमा आउन नसक्दा सयौं यात्रुहरुले दैनिक सास्ती खेप्नु पर्ने, खाद्यन्न लगाएत दैनिक उपभोग्य बस्तु र पूर्वाधार निर्माण सम्बन्धिका सामाग्री ढुवानी गर्न पूर्ण रुपमा बन्द हुने भएपछि तत्कालिन समाधानका लागि दुवै ठाउँमा माटरेवल बलिवृज निर्माण गर्ने पहल गरिएको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ । छेडागाडको खारा खोलामा मोटरेवल पुलको बैकल्पिक व्यवस्था नहुदा बर्षायाममा छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका नागरिकहरु मर्कामा पर्दै आएका थिए भने, नलगाड नगरपालिकाको खारा स्थित नलगाड नदीमा मोटरेवल पुलको विकल्प नहुदा सिंङ्गै बारेकोट गाउँपालिकाका नागरिकहरु मर्कामा पर्दै आएका थिए । खारा स्थित नलगाड नदीमा मोटरेवल पुलको विकल्प नहुदा बर्षायाममा ४१७ मेघावाट विद्युत उत्पादन क्षमता भएको नलगाड हाइड्रोपावरको निर्माण कार्य थालनी पूर्व गरिने सम्पूर्ण कामहरु प्रभावित हुदै आएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्