जनसिद्धि कृषि सहकारी संस्था लिमिटेडको बोलेरो जीप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकाम खलंगाबाट दम्दाला तर्फ जादै गरेको बोलेरो जीप भेरी नगरपालिका–२ को साङटरिसाङ्ग जलविद्युत्त आयोजनाको पावरहाउसको मोडमा दुर्घटनामा परेको हो ।
साँगुरो सडकमा रहेको ढुङ्गामा टायर ठोकिएर उक्त जीप दुघर्टनामा परेको दिपक वलीले जानकारी दिए । दुर्घटनामा परेको जनसिद्धि कृषि सहकारी संस्था लिमिटेड कुशे गाउँपालिका–५ को सिङ्गल क्याप बोलेर जीप सडकमै पल्टिएको थियो ।
कृषि समुह, सहकारी र नीजि फर्मद्धारा उत्पादन गरिएका कृषि उपजहरुको ढुवानी सेवा गर्दै आएको लु. ३ च ३०९३ नम्बरको बोलेरो जीपका चालक लोकेन्द्र वली रहेका थिए । चालक वलीको हात फ्याक्चर भएको दिपक वलीले जानकारी दिएका छन् । दिपकले दिएको जानकारी अनुसार लोकेन्द्रको उपचार जिल्ला अस्पतालमा भईरहेको भएता पनि भोलीनै सुर्खेत लैजाने तयारी गरिएको छ ।
दुर्घटनामा परेको उक्त जीपको के कति क्षेति भएको छ भन्ने विषयमा हाल कुनै पनि बताउन नसकिने दिपकले बताए । दुर्घटनामा परेको उक्त जीपको ईन्जनमा के कति क्षेति भएको भन्ने विषयमा आफुलाई जानकारी नहुने, ग्यारेजमा काम गर्ने मिश्रत्रीले हेरेपछि मात्र थाहा हुने दिपक वलीको भनाई रहेको छ ।