नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् ।
नेपाली नागरिताको प्रमाण पत्र लिन, राष्ट्रिय परिचय पत्र, राहदानी लगाएतका फाराम भर्नका लागि कर्णाली प्रदेश सभा (ख) का नागरिकहरुले खलंगा धाउनुपर्ने अबस्थाको अन्त्य भएको मन्त्री बस्नेतले भनाई राखेका थिए । प्रशासन कार्यालयबाट गरिने विभिन्न सम्पूर्ण सिफारिसहरु इलाका प्रशासन कार्यालयबाट गरिने जानकारी दिदै मन्त्री बस्नेतले छेडागाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिका १, २, ३ र ४ नम्बर वडाका नागरिकहरुले उक्त ईलाका प्रशासन कार्यालयबाट सेवा लिन सक्ने मन्त्री बस्नेतले भनाई राखेका थिए ।
कार्यालय उद्घाटन भई आजैबाट संचालनमा आएको ईलाका प्रशासन कार्यालयबाट पश्चिम जाजरकोटका नागरिकहरुले भुकम्पीय विपद व्यवस्थापनमा मद्दत पुग्ने मन्त्री बस्नेतले भनाई राखेका थिए । गत कातिक १७ गते मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुमपश्चिका ६२ हजार भन्दा बढि घरधुरीका नागरिकहरु घरभन्दा बाहिर रहेको जानकारी दिदै मन्त्री बस्नेतले पालमुनी रात विताइ रहेका भुकम्प पीडितहरुलाई तत्काल अस्थायी आबासमा ल्याउन स्थानीय प्रशासन, जनप्रतिनीधि र राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका थिए ।
ईलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस, जाजरकोटका कावा सभापति खडक बिसी, नेकपा एमालेका अध्यक्ष खिम बहादुर शाही, नेकपा (माओवादी केन्द्र) का संयोजक टेक बहादुर रावल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष कमान बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनीधि दल बहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाही, छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापा, नेकपा एमालेका नेता डम्बर बहादुर सिंह, नेकपा (माओवादी केन्द्र) का नेता यज्ञ बहादुर खत्री लगाएतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बुधबारनै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले छेडागाड नगरपालिका–११ की सिता कुमारी गिरीलाई नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेर इलाका प्रशासन कार्यालयको सेवा सुरु गरेका थिए । उक्त इलाका प्रशासन कार्यालय प्रमुखको जिम्मेवारी निमित्त प्रशासकीय अधिकृत ऋषभदेव खनाललाई दिईएको जनाईएको छ ।