आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/९/२१ गते
जाजरकोट

कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीलाइ ट्रयाक सुट वितरण गरेको छ । रोजगारीको लागि जापानमा रहेका कर्णाली प्रदेशका युवा, युवतीहरुको संगठन कर्णाली प्रदेश जापानले ३२४ जना भुकम्प पीडित विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको हो ।

गत कातिक १७ गते मध्ये राति गएको भुकम्पले घरबास विहीन भएका विद्यार्थीहरु विद्यालय डे«स नभएर विद्यालय नजाने अबस्थाको अन्त्य गर्न कर्णाली प्रदेश जापानले ३२४ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको रामचन्द्र आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाले दिएको जानकारी अनुसार कुशे गाउँपालिका–५ को पाँचकाटियामा रहेको रामचन्द्र आधारभुत विद्यालयमा अध्ययनरत १०५ जना विद्यार्थी, कुशे–५ कै बाटुल्यामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ९१ जना विद्यार्थीलाई कर्णाली प्रदेश जापानले ट्रयाक सुट वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय प्रधानाध्यापक मार्फत ट्रयाक सुट वितरण गरेको कर्णाली प्रदेश जापानले बारेकोट गाउँपालिका–५ को चन्द्र ज्योति प्राथमिक विद्यालयका ६३ र रुकुमपश्चिमको आठवीसकोट नगरपालिका–१४ को सस्वती आधारभुत विद्यालयका ६५ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ ।

भुकम्पबाट पठन, पाठनमा प्रभावित भएका उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कर्णाली प्रदेश जापानले ट्रयाक सुट वितरण गरेपछि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति नियमित हुन थालेको अध्यक्ष चक्र बहादुर थापाको भनाई रहेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्