आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रभातफेरी लगाएतका कार्यक्रमको आयोजना गरेर जाजरकोटमा मनाइयो गणतन्त्र दिवस

प्रकाशित : २०८१/२/१५ गते

जाजरकोट
प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो ।

खलंगाको ठाटी बजारदेखि विहान ८ बजेदेखि सुरु गरिएको प्रभातफेरी कार्यक्रम गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा आयोजना गरिएको कोणसभामा प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य, भेरी नगरपालिकाका उपप्रमुख सिता जैसी, नेपाली काँग्रेस जाजरकोटका सह–सचिव तथा पार्टी प्रवक्ता छवी पन्त, नेकपा एमाले जिल्ला अध्यक्ष नरेन्द्र शाही, नेकपा (माओवादी केन्द्र) का प्रतिनीधि अमरसिंह राठौंरले आ–आफ्नो धारणा सहित १७ औ. गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका दिए ।

सोमबार भेरी नगरपालिका–१ कालेगाउँ स्थित शिवालय मन्दीर परिसर सरसफाई गरेर १७ औं गणतन्त्र दिवसको आयोजना गरिएको मुल समारोह समितिले जानकारी दिएको थियो । जिल्ला कारागारमा रहेका बन्दी÷कैदीहरुलाई खेलकुदका सामाग्री सहित अध्ययन सामाग्री तथा पुस्तक हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिदै बुधबार जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको मुल समारोह समितिले जानकारी दिएको छ ।

मंगलबारको प्रभातफेरी कार्यक्रममा जनप्रतिनीधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, प्रमुख जिल्ला अधिकारी सहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रमुख तथा प्रतिनीधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्