आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा २४ घण्टामा १७ जनाले कोरोना जितेर घर फर्के

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/८ गते
जाजरकोट

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा १७ जनाले कोरोना जितेर घर फर्केका छन् । भने, १६ जना सक्रिय संक्रमित थप भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले ११ चैत २०७६ देखि ८ जेठ २०७८ सम्मको सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म जिल्लामा ४१८ जनाले कोरोना जितेर घर फर्कको उल्लेख गरिएको छ । हालसम्म जिल्लामा एक हजार १२ जना कोरोना संक्रमितहरु मध्ये ४१८ जनाले कोरोना जितेर घर फर्केका हुन् । जिल्लामा आज सक्रिय कोरोना संक्रमित ५८६ जना रहेको दैनिक प्रतिवेदन बिबरणमा देखाईएको छ । प्रतिवेदन विवरणका अनुसार उपचारका लागि ६ जना संक्रमितलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । २ जना संक्रमितको जिल्लामै मृत्यु भएको छ भने, एक जना संक्रमितको उपचारका क्रममा जिल्ला भन्दा बाहिर बाँके जिल्लामा मृत्यु भएको थियो ।

जिल्ला स्थित कोभिड–१९ संकट व्यबस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको निर्देशनमा जिल्ला प्रशासन कार्यालय, जाजरकोटले कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरण सार्बजनिक गर्दै आएको छ ।

नलगाड नगरपालिकामा ३ जना संक्रमित थपिए
नलगाड नगरपालिकामा सनिबार ३ जना संक्रमित थपिएका छन् । सुक्रबारसम्म २७ जना संक्रमित संख्या भएको नगरपालिकामा सनिबार संक्रमितको संख्या ३० जना पुगेको छ । सनिबार ३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाद्धारा सनिबार प्रकाशन गरिएको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा सनिबार कोरोना पुष्टी भएका ३ जनामध्ये २ जनाले होम आइशोलेसमा रहेर उपचार गराई रहेका छन् भने, १ जनाले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । हालसम्म १४ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, तीन जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । हालसम्म ७ जनाले कोरोनालाई जितेर घर फर्केका छन् भने, उपचारका लागि ५ जनालाई रिफर गरिएको छ । नलगाड नगरपालिकामा हालसम्म एक जना संक्रमितको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिकामा हालसम्म सक्रिय संक्रमित ८ जना रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक शाहीले जानकारी दिएका छन् ।

भेरी नगरपालिकामा ६ जना संक्रमित थपिए
भेरी नगरपालिकामा सनिबार ६ जना संक्रमित थपिएका छन् । सनिबार १९ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएको भेरी नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् ।

भेरी नगरपालिकाले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा सनिबारसम्म भेरी नगरपालिकामा कोरोना पुष्टी हुनेहरुको संख्या ४९९ जना पुगेको छ । १२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, सनिबार ३७१ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई छन् । २ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । सनिबार भेरी नगरपालिकामा ३७३ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म भेरी नगरपालिकामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्