आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रजत जयन्तीको अबसरमा किर्डाक नेपालले दिप प्रज्वलनसंगै स्टेस्नरी वितरण

प्रकाशित : २०८१/३/८ गते

जाजरकोट
रजत जयन्तीको अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको छ । २५ बर्ष पुरागरी २६ बर्षमा प्रवेश गरेको सुखद अबसरमा किर्डाक नेपालले जाजरकोटमा दिप प्रज्वलन गर्नुको साथै बालबालिकालाइ स्टेस्नरी वितरण गरेको हो ।

साविक कर्णालीको अशिक्षा, अविकास, गरिवी र मानव अधिकारका सवालहरुलाई लिएर सन् १९९९ मा जुम्ला जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सामाजिक क्षेत्रमा काम गर्दै आएको कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले २५ बर्ष पुरा गरेको अबसर (जुन् २१ का दिन) हासिल गरेका उपलब्धीहरुको विषयमा चर्चा गरिएको थियो ।

यस बर्ष कर्णाली प्रदेशका १० वटै जिल्ला, लुम्बिनी प्रदेशका ८ वटा जिल्ला र गण्डगी प्रदेशका ४ जिल्ला गरी जम्मा २२ जिल्लाका १६३ वटा स्थानीय तहमा २७ वटा परियोजनाहरु संचालन गरिरहेको किर्डाक नेपालले २२ वटै जिल्लामा रजत जयन्ती मनाइ रहेको जाजरकोट कलष्टरका संयोजक महेन्द्र बहादुर शाहीले जानकारी दिएका थिए । शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमका विशेष अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री र कार्यक्रमका अध्यक्ष शाहीले संयुक्त रुपमा दिप प्रज्वलन गर्नुको साथै केक काटेका थिए ।

हनुमान प्राथमिक विद्यालय माथिल्लो थाप्लेमा अध्ययनरत बालबालिकाहरुलाई किर्डाक नेपालले स्टेस्नरी वितरण गरेको थियो । आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई किर्डाक नेपालले स्टेस्नरी वितरण गरेको कार्यक्रम संयोजक हरि बहादुर सिंहले जानकारी दिएका थिए । उक्त कार्यक्रममा निमित्त प्रजिअ खत्री, शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोट प्रमुख लक्ष्मी भण्डारी, नेपाल बार एशोसिएसन, जाजरकोट अध्यक्ष भीम बहादुर सिंह, गैर सरकारी संस्था महासंघ, जाजरकोटका कावा अध्यक्ष सहदेव बस्नेत, नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाह, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट अध्यक्ष छवी पन्त, विपद प्रतिकार्य नागरिक पैरवी मच, जाजरकोट अध्यक्ष ज्ञानु लामिछाने लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन हरि बहादुर सिंहले गरेका थिए भने, स्वागत भाषण अनु रोकायले गरेकी थिइन् ।


Tagged
प्रतिकृया दिनुहोस्