आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यालयमा योगा गरेर जाजरकोटमा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

प्रकाशित : २०८१/३/८ गते

जाजरकोट
त्रिभुवन माध्यामिक विद्यालय खलंगा, जाजरकोटको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा त्रिभुवन मावि खलंगाको प्राङ्गणमा योगा गरेर १० औं अन्तर्राष्ट्रिय योग दिवस–२०८१ मनाईएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा आयोजित कार्यक्रमको प्राविधिक सहयोग योग समिति जीवन योग प्रयोगशाला खलंगा जाजरकोटले गरेको थियो भने, पताञ्जली योग समिति, जाजरकोटले सहकार्य गरेको थियो । रेखा शाहको सहजीकरणमा योगा गरिएको दिवसिय कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती लगाएतका जनप्रतिनीधि, जिल्ला स्थित कार्यालय प्रमुख तथा प्रतिनीधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीवन योग प्रयोगशाला र पताञ्जली योग समितिका योगीहरु र त्रिभुवन मावि खलंगामा अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको अध्यक्षतामा आयोजित योग दिवसको औपचारिक कार्यक्रमका प्रमुख अथिति भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती रहेका थिए । “आफु र समाजका लागि योग” भन्ने नारा सहितको १० औं अन्तर्राष्ट्रिय योग दिवसको अबसरमा आफ्नो भनाइ राख्दै नगरप्रमुख घर्तीले असन्तुलित आहार विहार र जीवनशैलीले मानसिक तथा शारिरिक समस्याहरु पैदा गर्दै आएको भनाइ राखेका थिए । दैनिक दुइदेखि तीन घण्टाको समय आफुले स्वास्थ्यको लागि दिने गरेको जानकारी दिदै नगर प्रमुख घर्तीले हरेक नागरिकले दैनिक विहानको न्युतम एकदेखि दुइ घण्टाको समय स्वास्थ्यको लागि दिएर योग गर्नुपर्ने भनाइ राखेका थिए ।

योग सम्बन्धी आफुसंग गहिरो ज्ञान नभएको जानकारी दिदै निमित्त प्रमुख जिल्ला अधिकारी खत्रीले योगको जानकारी वीनानै आफुले दैनिक तीन घण्टाको समय स्वास्थ्यका लागि दिने गरेको भनाइ राखेका थिए । औपचारिक १० औं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमको व्यवस्थापन आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कार्यरत डा. धनवीर बुढाले गरेका थिए । १० औं अन्तर्राष्ट्रिय योग दिवसका अबसरमा जिल्ला अस्पताल जाजरकोटमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको डा. बुढाले जानकारी दिएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्