आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अखिल (क्रान्तिकारी), जाजरकोट जातिय छुवाछुतको विरुद्धमा

प्रकाशित : २०८१/३/८ गते

जाजरकोट
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) जाजरकोट जातिय छुवाछुत विरुद्धको अभियानमा जुटेको छ । संसारको मानव जातिलाइ एउटै जातिका रुपमा सैद्धान्तिक मान्यता दिदै आएको अखिल (क्रान्तिकारी), जाजरकोटले एकाइसौं शताव्दीको युगमा गरिने जातिय छुवाछुत तथा भेदभावका विरुद्धको अभियानमा जुटेको हो ।

मानवले मानव जातिमाथिनै गरिने सबै प्रकारका भेदभावका विरुद्धको अभियानलाइ बौद्धिक र तार्किक रुपमा संचालन गरिने अखिल (क्रान्तिकारी), जाजरकोटका अध्यक्ष प्रदिप आचार्यले जनाएका छन् । संगठनले संचालन गरेको जातिय छुवाछुत विरुद्धको अभियानलाइ सार्थक रुप दिन अखिल (क्रान्तिकारी), जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा “जातिय छुवाछुत विरुद्ध हाम्रो अभियान” विषयक जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष आचार्यले जानकारी दिएका छन् । सैद्धान्तिक तथा बौद्धिक क्षमतालाइ तार्किक क्षमतामा बदल्न सकेपछि मात्र समाजलाइ सत्यतामा पु¥याउन सक्ने नेतृत्व क्षमताको विकास हुने अध्यक्ष आचार्यको भनाइ रहेको छ ।

विज्ञान र प्रविधिले सुसज्जित एकाइसौं शताव्दीको युगमा पनि रुढीगत अन्धविश्वासमा जकडिएको समाजलाइ सत्य र तत्थ्यपूर्ण समाजको नेतृत्व विकास आजको आबश्यकता रहेको अध्यक्ष आचार्यले बताउदै आएका छन् । सैद्धान्तिक र बौद्धिक क्षमतालाइ तार्किक क्षमतामा बदल्न सक्ने क्षमताको विकास गराउन संगठनले जातिय छुवाछुत विरुद्ध हाम्रो अभियान विषयक जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको बताउदै अध्यक्ष आचार्यले उक्त प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने प्रतियोगीहरुलाइ पुरुस्कारको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष आचार्यले दिएको जानकारी अनुसार जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाइ रु. २० हजार नगद पूरुस्कार र प्रमाण–पत्र, द्धितीय स्थान हासिल गर्नेलाइ रु. १५ हजार नगरद पुरुस्कार र प्रमाण–पत्र, तृतीय स्थान हासिल गर्नेलाइ रु. १० हजार नगद पुरुस्कार र प्रमाण–पत्र, सान्त्वना स्थान हासिल गर्नेलाइ रु. ५ हजार नगद पुरुस्कार र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।

अखिल (क्रान्तिकारी), जाजरकोटले दिएको जानकारी अनुसार उक्त प्रतियोगिता यही असार ९ गते जिल्ला सदरमुकाम खलंगाको गैरीखालीमा आयोजना गरिने भएको छ । प्रतियोगितामा जिल्लाका जुनसुकै विद्यालयमा १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउने भएका छन् । प्रतियोगितामा भाग लिने विद्यार्थीहरुले सम्बन्धित विद्यालयको अनिवार्य सिफारिस ल्याउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगिता भाग लिदा अनिवार्य विद्यालय पोशाकमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्