आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छोरीको सुरक्षित भविश्य निर्माण गर्न शिक्षामा जोड

प्रकाशित : २०८१/३/२३ गते

विद्यालय बाहिर रहेका १३५ जना छोरीहरु नियमित स्कुल
जाजरकोट
नलगाड नगरपालिका र भेरी नगरपालिकाका विद्यालय भन्दा बाहिर रहेका १३५ जना बालिकाहरु नियमित विद्यालय जान थालेका छन् । केएर नेपालको उडान परियोजनाले सन् २०२३ मा पहिचान गरेका १४४ जना मध्ये १३५ जना छोरीहरु आधारभुत शिक्षा पुरा गर्न नियमित स्कुल जान थालेका हुन् ।

१३५ जना छोरीहरुको नियमित पढाइको लागि नलगाड नगरपालिका–३ स्थित चावलेचौरमा २ वटा, वडा नं. ६ स्थित गर्छिन र थाप्ला, वडा नं. ८ को लुप्ना र गुम्राख, वडा नं. १२ को बस्नेत गाउँ, वडा नं. १३ को फुम्दा, भेरी नगरपालिका–१ को डौरिकाँडा र मैदे, वडा नं. २ को वर्खाले÷पोखरा, ज्यामिरे र डिङ्गा, वडा नं. ६ को राम्री टोल, डाँडागाउँ, गंगाटियामा २ वटा, पुरानोगाउँ, थापागाउँ, वडा नं ७ को दोकान, वडा नं. ९ को गैरिखेत÷ सालिबिसाँउ, खालिका पाखा, गौराखेत वडा नं १२ को चाँपाटामा २ वटा, वडा नं १३ कुस्तरामा २ वटा सिकाइ केन्द्र स्थापना गरी सहजकर्ताहरुको सहयोगमा तह १ र तह २ को पाठ्यपुस्तकमा आधारित नियमित पठनपाठन भइरहेको छ ।

हाल ५ महिनाको लागि केएर नेपालको आर्थिक सहयोग र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटको आयोजनामा संचालन गरिएको Strenghening opportunities for Adolescent Resilience Continuation (SOAR) परियोजना मार्फत उक्त सिकाइ केन्द्रहरुमा थप सहयोगको लागि सहजकर्ताहरुलाइ तालिम दिइ उपचारात्मक कक्षा संचालन गरिएको छ । बालिकाहरुलाइ चाहिने आवश्यक बिद्यालय पोशाक, कापि, कलम, ज्यामिती बक्स लगातका शैक्षिक सामाग्रीहरु सहयोग गरेको SOAR परियोजनाको कार्यक्रम संयोजक निर्मला थापाले जानकारी दिएकी छन् ।

नियमित बिद्यालय जान बालबालिकालाइ प्रेरित गर्न तथा पारिवारिक सहयोगमा कमि आउन नदिन हरेक बालिकाका अविभावकलाइ रुपान्तरणिय सत्रको माध्यमबाट प्रत्येक महिनामा SOAR परियोजनाले किशोर–किशोरीबारे हाम्रो विश्वास, निष्पक्ष हुने, बाल अधिकार, बालबालिकाको चाहाना बुझ्ने, लैङ्गिकता र लिङ्ग, लैङ्गिकतासंग हुर्किंदा, कार्य बिभाजन, किशोरीहरु माथिको प्रतिबन्ध, बुवाको शासन, लैङ्गिकता र पितृसत्ता, पुरुषत्व र पितृसत्ता, शक्तिको हाम्रो अनुभव, कोसंग शक्ति छ ? बालविवाहको जोखिम जस्ता विषयवस्तुमा अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक थापाले बताइन् ।

विभिन्न समस्यामा परि बिद्यालय छोडेका तथा बिद्यालयको पहुँच भन्दा बाहिर रहेका भेरी नगरपालिका र नलगाड नगरपालिकाका विभिन्न टोलका ६५ जना बालिकाहरुको पहिचान गरी SOAR परियोजनाले सन् २०२४ मा सहजकर्ताहरुलाइ संश्लेषित पाठ्यक्रममा आधारित ७ दिने आधारभूत तालिम संचालन गर्नुको साथै सिकाइ केन्द्र स्थापना गरि तह १ र तह २ को पाठ्यपुस्तकमा आधारित विभिन्न कक्षा संचालन गरिरहेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताए । आधारभुत समस्याकै कारण कुनै पनि बालिका शिक्षाबाट बञ्चित हुन नदिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले बताए ।

पछिल्लो समयमा छोरीलाइ दाइजो वा अंश दिनु भन्दा शिक्षा दिनुपर्छ भन्ने बिषयले प्राथमिकता पाउन थालेको छ । दाइजो तथा अंश भन्दा शिक्षाले छोरीको भविश्यलाइ सुरक्षित गर्छ भन्ने बिषय आम जनमानसमा स्थापित हुन थालेको छ । व्यक्तिगत जीवन कालमा शिक्षाले पछ्याइ रहेको बिषयमा आम नागरिक सहमत हुन थालेका छन् । शिक्षा हासिल गर्न कठिन भएपनि आर्थिक तथा बौद्धिक उन्नति हासिल गर्ने माध्यामनै शिक्षा बनेको छ । शिक्षाबाटै आजका मान्छेले सम्मानित जीवन पाउने गरेका छन् । शिक्षित मान्छे अपमानित हुने सम्भावना कम भएको देख्न सकिन्छ ।

दाइजो तथा अंश छोरीको क्षणिक सहारा हुने तर्क गर्दै SOAR परियोजनाको कार्यक्रम संयोजक थापाले यदि छोरी अशिक्षित छन् र बाबुआमाले उनलाइ अंश वा दाइजो दिएका छन् भने पनि अंश तथा दाइजो सकिएपछि छोरीको भविश्य कम्जोर हुदै जाने बताएकी छन् । शिक्षा दिएपछि छोरीले जीवनभर आफ्नै क्षमतामा बाच्न सक्ने, अरुलाइ पनि बचाउन सक्ने कार्यक्रम संयोजक थापाको तर्क छ । शिक्षामा पहुँच बढाउनुको साथै सुरक्षित भविश्य बनाउन छोरीलाइ शिक्षामा जोड्न आवश्यकता रहेको कार्यक्रम संयोजक थापाले बताउदै आएकी छन् ।

विभिन्न कारणले बिद्यालय छोड्न बाध्य भएका छोरीहरुलाइ विद्यालयमा जोड्नुको साथै उनीहरुको स्वर्णीम भविश्य निर्माणमा सहयोग गर्ने उद्देश्यले केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले सहजकर्ताहरुलाइ संश्लेषित पाठ्यक्रममा आधारित तालिम, समुदायमा लैङ्गिक हिंसा सम्बन्धिका कार्यक्रम, तत्काल बालिकाले निरन्तरता दिएका बिद्यालयका शिक्षकहरुलाइ मनोसामाजिक परामर्श तालिम, बिद्यालयलाइ चाहिने विभिन्न सिकाइ सामग्री सहयोग लगाएतका कार्यक्रम संचालन गर्दै आएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्