आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा खुल्ला प्रतियोगिताको आयोजना गरेर मनाइयो २११ औं भानुजयन्ती

प्रकाशित : २०८१/३/३० गते

प्रतियोगिता कुस्माखर प्रथम
जाजरकोट

जाजरकोटमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर मनाइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर २११ औं भानुजयन्ती मनाइएको थियो ।

जिल्ला सदरमुकाम खलंगाको ठाँटीवजारमा आयोजित खुला कविता वाचन प्रतियोगितामा एक दर्जन वढी कवि तथा कवियत्रीहहरुले कविता बाचन गरेका थिए भने, केहिले अप्रतियोगि कविता वाचन गरेका थिए । कविता वाचन गर्ने सवै कवि तथा कवियत्रीहरुले नेपाली भाषाको एकिकरण र विकासमा भानुभक्तको योगदानका विषयमा चर्चा गरेका थिए । साथै देशको समसायिक बिषयकावारेमा कविताको विषय वस्तु प्रस्तुत गरेका थिए ।

खुला कविता प्रतियोगितामा नेपालगन्ज उपमहानगर पालिका–१८ वाँकेका कुस्माखर न्यौपानेले प्रथम स्थान हासिल गरेका थिए भने, वारेकोट गाउँपालिका–६ जाजरकोटका टविन कार्कीले द्धितीय स्थान प्राप्त गरेका थिए । यसैगरी छेडागाड नगरपालिका–१३ कार्कीगाउँकी पुष्पा परियारले तृतीय र छेडागाड नगरपालिका–१२ की विमला सिंहले सान्त्वना स्थापना हासिल गरेकी थिइन् । विजयी कवि तथा कवियत्रीहरु मध्ये प्रथम द्धितीय, तृतीय र सान्त्वना हुनेहरुलाइ क्रमश ३,५००, २,५००, १,५०० र १००० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयी कवि तथा कवियत्रीहरुलाइ वारेकोट गाउँपालिकाका अध्यक्ष वीरवहादुर गिरी, जाजरकोटका अग्रज साहित्यकार हरि सन्दर्भ, जिल्ला समन्वय समितिका सदस्य चित्रप्रसाद शर्मा र स्थानीय समाजसेवी दिवाकर शर्माले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । भेरी नगरपालिका–३ ठाँटीवजारको वरको चौतारीमा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सरोकारवालाहरु, प्रतिष्ठानका सदस्यहरु, पत्रकारहरु, शिक्षक विद्यार्थीहरु, साहित्यिक स्रष्टाहरु र स्थानीय सर्वसाधारणहरुको उल्ल्ोख्य सहाभगिता रहेको थियो ।

कार्यक्रममा भानुभक्तले नेपाली भाषाको एकिकरण तथा विकासमा पुर्याएको योगदानकावारेमा विशेष चर्चा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै वारेकोट गाउँपालिकाका अध्यक्ष वीरवहादुर गिरीले नेपाली भाषाको पहिचान र विकासमा भानुभक्तले पुरयाएको योगदान अविस्मरणयि रहेको वताए । अध्यक्ष गिरीले जाजरकोटमा आदिकविलाइ स्मरण गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम प्रंशसनीय रहेको भन्दै यस्ता कार्यक्रमले राष्ट्रका विभुतिहरुको उचित सम्मान हुने वताए ।

यस्तै कार्यक्रममा आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै जाजरकोटका अज्रज साहित्यकार हरि सन्दर्भले भानुभक्त नभएको भए नेपाली भाषाको पहिचान सम्भव नहुने वताए । उनले युवाकवि मोतीराम भट्ट मार्फत चिनिएका आदिकवि भानुभक्तले नेपाली भाषाको संरक्षण र विकासमा अमुल्य योगदान दिएको वताए ।

जाजरकोट सम्पदासंरक्षण प्रतिष्ठानले आदिकवि भानुभक्तको सम्झनामा आयोजना गरेको कार्यक्रम सान्दर्भिक र नयाँ पुस्ताका लागि अनुकरणीय भएको साहित्यकार सन्दर्भले वताए । कार्यक्रमा स्वागत मन्तव्य दिदै प्रतिष्ठानका सदस्य अच्युतप्रसाद शर्माले नेपाली भाषा र साहित्यको संरक्षण विकास र प्रवद्र्धनमा विशेष योगदान दिएका भानुभक्तको जन्मजयन्ती मनाएर आफुहरुले अग्रजप्रति सम्मान र नयाँ पुस्तालाइ प्रेरणा दिन खोजेको वताए । यो समाज र देशका लागि महत्वपुर्ण योगदान गरेको विभुतिहरुको जन्मजयन्ती मनाउनु राज्य र जनताको कर्तव्य भएको उनले वताए ।

कार्यक्रमको समापन गर्दै जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले राष्ट्रका विभुतिहरुलाइ सम्झनु र उनीहरुको योगदानको सम्मान गर्नु सवै नेपालीको अनिवार्य कर्तव्य भएको वताए । उनले नेपाली पहिचान र शान उच्च राख्न योगदान दिएका आदिकवि भानुभक्तलाइ आजको दिनमा सवैले सम्मानका साथ सम्झनु पर्ने वताए । उनले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले जाजरकोटी मौलिकता इतिहास र सस्ँस्कृतिको संरक्षणको अभियान चलाउनुका साथै राष्ट्रका नायकहरुलाइ स्मरण गर्ने कार्यक्रम नियमित रुपमा गर्दै आएको वताए ।


Tagged
प्रतिकृया दिनुहोस्