जजरकोट
हिन्दुहरुको महत्वपुर्ण पर्व गुरुपुर्णिमाको अवसरमा राधा माधव समिति जाजरकोटले जाजरकोट अस्पताललाइ ३० वटा झुल र विरामीहरुलाइ फलफुल वितरण गरेको छ । अस्पतालमा विशेष कार्यक्रमको आयोजना गरेर राधा माधव समिति र डिभाइन युथ क्लवमा आवद्ध स्थानीयहरुले संकलन गरेको रकमवाट व्यवस्थापन गरिएका झुल र फलफुलहरु वितरण गरिएको हो ।
राधा माधव समिति र डिभाइन युथ क्लवले व्यवस्थापन गरेको झुुलहरु भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाहले जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. सुनिल पुनलाइ हस्तान्तरण गरेका थिए । अस्पतालमा रहेका १७ जना विरामीलाइ फलफुल वितरण गरिएको थियो ।
कृपालुजी महाराज, स्वामी हरिदास र संगीता दिदी लगाएत अन्य गुरुहरुको सम्मान र सम्झनामा आफुहरुले अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुलाइ थोरै मात्रामा भएपनि सहयोग पुर्याउन झुल तथा फलफुल वितरण गरेको राधा माधव समिति जाजरकोटकी संयोजक नारायणी शाहले वताइन् ।
कृपाालुजी महाराजले समस्त मानव जातिको कल्याण हुने काम गर्न र दुखी विरामीलाइ सहयोग गरेर समाजमा प्रेमभाव फैलाउन दिएको सन्देशवाट प्रभावित भएर आफुहरुले अस्पताललाइ यो सहयोग गरेको संयोजक शाहले वताइन् । उनले गुरुप्रतिको सम्मानवाट सधैं वढाउन र सवै प्रति प्रेमभावले व्यवहार दर्शाउन आफुहरु विभिन्न सामाजिक तथा सिर्जनात्मक कार्यहरुमा सक्रिय भएर लाग्ने गरेको भनाइ राखिन ।
ध्यान, सत्संग तथा अन्य आध्यात्मीक कर्महरुले मनमा शान्ति प्राप्त हुने भएको सवैले यस तर्फ ध्यान लगाउनु पर्ने उनले वताइन् । झुल तथा फलफुल वितरण कार्यक्रममा वडाध्यक्ष शाहले राधामाधव समिति र डिभाइन युथ क्लवले अस्पतालका विरामीहरुलाइ यो समयमा आवस्यक परेको झुल दिएर पुण्य कमाउने काम गरेको वताए । सकरात्मक र पुण्य कमाउने काम सवैले गरे समाजमा शान्ति कमाउन सहयोग पुग्ने उनको भनाइ छ ।
जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. सुनिल पुनले अस्पतालका विरामीहरुलाइ मच्छरवाट वताउन राधामाधव समितिले सहयोग गरेका झुलहरुले ठुलो सहयोग गर्ने वताए । उनले गुरु पुर्णिमाको दिन राधा माधव समिति र डिभाइन युथ क्लवले गरेको कार्य प्रसंसनिय रहेको वताए । झुल वितरण र फलफुल वितरणमा दुइ दर्जन बढि मान्छेको सहभागिता रहेको थियो ।