आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भ्रष्टाचारी र चर्को व्याज असुल्नेलाइ कार्वाही गर्ने विप्लव नेकपाको निर्णय

प्रकाशित : २०८१/५/८ गते

जाजरकोट
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व रहेको नेकपा, जाजरकोटले भ्रष्टाचारी र चर्को व्याज असुल्नेलाइ कार्वाही गर्ने निर्णय गरेको छ । जिल्ला सेक्रेटरी सुर्यकिरण सी को अध्यक्षतामा यही भदौ ६ र ७ गते बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका पिबिएम आधार सी, केन्द्रिय सदस्य यौद्धा सी र पौरख सी सहितको उपस्थिति रहेको सचिवालय बैठकले भ्रष्टाचारी, कमिसन खोरी, चर्को व्याज दर, लघुवित्त आतंकलाइ पार्टीले निर्मम ढंगबाट कार्वाही गर्ने संस्थागत निर्णय गरेको छ । सचिवालय बैठकले लिएका निर्णयहरुको जानकारी गर्न जिल्ला सेक्रेटरी सुर्यकिरण सी ले भदौ ७ गते प्रेस विज्ञप्ती जारी गरेका छन् । जारी गरिएको प्रेस विज्ञप्तीमा मंहगी, महिला हिंसा, जातिय विभेद, लागुऔषध दुव्र्यसनी, ठगी धन्दा चलाउनेलाइ कार्वाही गर्ने बैठकले निर्णय गरेको उल्लेख गरेका छन् ।

सम्पन्न सचिवाय बैठकले भुकम्प प्रभावितहरुलाइ अस्थायी आबासको दोस्रो किस्ता यथासक्य उपलब्ध गराउन सरकारका सबै निकायको ध्यानाकर्षण गराएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारी निकायबाट अस्थायी आबासको दोस्रो किस्ता दिन ढिलाइ गरेमा संघर्षका कार्यक्रम अगाडी बढाउने बताइएको छ ।

राष्ट्रिय स्वाधिनता, सुशासन, समृद्धि, जनअधिकार तथा सामाजिक न्यायका पक्षमा एमसिसी सम्झौताका विरुद्धमा संघर्ष गर्ने बैठकले निर्णय गरेको बताइएको छ । अध्ययन र ब्यापारका लागि सुर्खेतमा बस्ने क्रान्तिकारी, प्रगतिशिल विद्यार्थी र व्यापारीलाइ जाजरकोट–सुर्खेत समाजवादी मञ्च गठन गर्ने बैठकले निर्णय गरेको छ । नेकपा, जाजरकोटले जिल्लामा संगठन सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियानलाइ प्रभावकारी रुपमा संचालन गर्न बैठकले निर्णय गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वाधिनता, नेपाली विशेषताको समाजवाद, सी संस्कृति लगाएत पार्टीले गरेका महत्वपूर्ण संश्लेषण, साम्राज्यवादी हस्तक्षेप तथा षड्यन्त्रका गम्भिर र आपतिजनक विषयमा जिल्लाका ७ वटै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्