२४ घण्टाको समयमा जाजरकोट जिल्लामा ४७ जनालाई कोरोना पुष्टी भएको छ भने, २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या ४५४ जना रहेको जाजरकोटमा मंगलबार ४७४ पुगेको छ ।
जिल्लामा मंगलबार सक्रिय संक्रमितको संख्या ५९५ जना रहेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । ११ चैत २०७६ देखि ११ जेठ २०७८ सम्मको जिल्ला प्रशासन कार्यालयले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार १०५ पुगेको उल्लेख गरिएको छ । ४७४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ५९५ जनाले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । थप उपचारको लागि हालसम्म जिल्लाबाट ९ जनालाई जिल्ला भन्दा बाहिर अन्य जिल्लामा रिफर गरिएको छ भने, २ जना संक्रमितको जिल्लामै मृत्यु भएको छ । एक जना संक्रमितको उपचारका क्रममा जिल्ला भन्दा बाहिर बाँके जिल्लामा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भेरी नगरपालिकामा २ जना डिस्चार्ज
भेरी नगरपालिकामा मंगलबार २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबारसम्म कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या २०६ रहेको नगरपालिकामा मंगलबार २०८ पुगेको छ ।
भेरी नगरपालिकाले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा ३०३ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, हालसम्म २०८ जना डिस्चार्ज भएका छन् । थप उपचारको लागि हालसम्म ४ जनालाई रिफर गरिएको छ भने, २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । हालसम्म भेरी नगरपालिकामा कोरोना पुष्टी हुनेको संख्या ५२१ पुगेको दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।
भेरी नगर स्वास्थ्य शाखाले मंगलबार वडा नं. २ को पोखरामा ३२ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १८ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव यज्ञनाथ गौतमले जानकारी दिएका छन् । गौतमले दिएको जानकारी अनुसार मंगलबार बाहुनथानमा १३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टी भएको छ । मंगलबार गरिएको परीक्षणबाट २० जनालाई कोरोना पुष्टी भएको गौतमले बताए ।
नलगाड नगरपालिकामा ६ जनालाई कोरोना पुष्टी
नलगाड नगरपालिकामा मंगलबार गरिएको परीक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएको छ । ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएको हो ।
नलगाड नगरपालिकाले मंगलबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म ८९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४७ जनालाई कोरोना पुष्टी भएको उल्लेख गरिएको छ । हालसम्म ५ जनालाई थप उपचारको लागि रिफर गरिएको छ भने, ८ जना डिस्चार्ज भएका छन् । हालसम्म एक जनाको मृत्यु भएको छ । मंगलबार २२ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ९ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । मंगलबार नलगाड नगरपालिकामा ३१ जना सक्रिय संक्रमित रहेका छन् ।
जुनीचाँदेमा १० जनालाई कोरोना पुष्टी
जुनीचाँदे गाउँपालिकामा मंगलबार १० जनालाई कोरोना पुष्टी भएको छ । स्वास्थ्य शाखाले मंगलबार लुहादह र मैपमा गरेको परीक्षणबाट १० जनालाई कोरोना पुष्टी भएको हो ।
मंगलबार १० जनालाई कोरोना पुष्टी भएपछि जुनीचाँदे गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २२ जना पुगेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक शाहीले जानकारी दिएका छन् ।
छेडागाडमा ६६ जनाको स्वाव संकलन
छेडागाड नगरपालिकाकाृे स्वास्थ्य शाखाले मंगलबार पिसीआर परीक्षणको लागि ६६ जनाको स्वाव संकलन गरेको छ । छेडागाड नगरपालिकाको साल्ममा मंगलबार पिसीआर परीक्षणको लागि ६६ जनाको स्वाव संकलन गरिएको नगर स्वास्थ्य शाखामा कार्यरत अहेव राम बहादुर थापाले जानकारी दिएका छन् ।