जाजरकोट
पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाइ खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरेको छ । भुकम्प पीडितहरुको लागि पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाइ खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय बालकोष Unicef प्रादेशिक कार्यालय वीरेन्द्रनगर सुर्खेतको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान, (HRDC) जाजरकोटले संचालन गरेको एकीकृत पुनर्लाभ कार्ययोजना (JRAP) परियोजनाले रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाइ खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरेको थियो । पहाडी क्षेत्र विकास अभियानका परियोजना संयोजक रत्न डाँगीले आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकय अधिकृत राजेश गौतमलाइ आइतबार उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत गौतमलाइ १५० वटा हाइजेनिक किड, १५० वटा बुकेट मग, २० वटा प्रोट्रावेल ट्वाइलेट, ५ वटा व्लेचिङ पाउडर, २०० थान पिउस, ३३ एमजीका १०० ट्याव्लेट वाटर प्युरीफाइ र २० वटा स्क्युटिङ्ग पिलेट हस्तान्तरण गरिएको परियोजना संयोजक डाँगीले जानकारी दिएका छन् । भुकम्प पीडितहरुका लागि पुनर्लाभ अन्तरगत खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक डाँगीले बताएका छन् ।