News Portal

जुनीचाँदे गाउँ पालिका र इलाका प्रशासन कार्यालयमा नेकपा (माओवादी केन्द्र) को ज्ञापन पत्र

डिजिटल संचार संवाददाता२०८१ पौष १०
२०९ पटक

जाजरकोट
जुनीचाँदे गाउँपालिका र इलाका प्रशासन कार्यालय चंखिलमा नेकपा (माओवादी केन्द्र) जुनीचाँदे गाउँ समितिले ज्ञापन पत्र बुझाएको छ । भुकम्प पीडितहरुको अस्थायी आवासको दोस्रो किस्ता, पुर्ननिर्माण, पुर्वाधार निर्माणमा सडक, पुल खानेपानी, सिंचाइ, विद्युत, गाउँपालिकाको सेवा प्रवाहलाइ व्यवस्थित गर्न गाडी पार्किङ्क, धुम्रपान तथा मदिरा सेवन नियन्त्रण, राष्ट्रसेवक कर्मचारिको मनोवल माथि उठाउने, शान्ति सुरक्षा, करार कर्मचारीको म्याद थप, गाउँपालिकाको वेरुजो नियन्त्रण, शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी सेवालाइ व्यवस्थित गर्नुपर्ने विषयमा नेकपा (माओवादी केन्द्र) जुनीचाँदे गाउँ समितिले गाउँपालिका कार्यालय र इलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

नेकपा (मोवादी केन्द्र) जुनीचाँदे गाउँ समितिका संयोजक जय बहादुर घर्ती (हिमाल), सचिव भीम बहादुर बस्नेत, संसदिय दलका नेता जय बहादुर बस्नेत (जीवन्त) ले गाउँपालिकाको कार्यालय र इलाका प्रशासनको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । ११ मुख्य र ४ सहायक बुँदाको ज्ञापन पत्र गाउँपालिका र इलाका प्रशासनको कार्यालयमा बुझाउन उनीहरुलाइ पार्टीका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला सह–इन्चार्ज गणेश प्रसाद सिंह (खगेन्द्र सेन) केन्द्रिय सदस्य बीर बहादुर रावत (सौगात), प्रदेश समिति सदस्य शिवा आचार्य (सफलता), सत्यनारायण बस्नेत (वेगवान) लगाएतका नेताहरुले साथ दिएका थिए । जुनीचाँदे गाउँपालिकामा मंगलबार ज्ञापन पत्र बुझाएको नेकपा (माओवादी केन्द्र) जुनीचाँदेले बुधबार इलाका प्रशासन कार्यालय चंखिलमा ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्रको पुरा पाठ यस्तो छः–

मितिः २०८१÷०९ ÷ ०९ गते
श्री गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष ज्यु,
जुनीचाँदे गाउँपालिकाको कार्यालय, जाजरकोट
विषय ः ज्ञापन पत्र ।
जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका स्थित हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) जुनीचाँदे गाउँसमिति र स्थानिय तह संसदीय दलको तर्फवाट जुनिचाँदे गाउँपालिका सरकारलाई तत्कालिन जनताको जनसरोकार र जनजिविका सवालमा तत्काल जनताका विभिन्न समस्याहरुको बारेमा तपशिल वमोजिम ध्यान आकर्षण गरिएको छ ।
(१) २०८० साल कार्तिक १७ गते गएको भुकम्पले जुनिचाँदे १ देखि ११ सम्मका घरटहरा निर्माण गर्न पहिलो र दाश्रो किस्ता राहत पाउनु पर्ने रकम तत्काल भोली वाट नै वितरण गरीयोस । तत्काल आ.व. २०८०÷८१ को केन्द्र सरकारको वजेटमा भुकम्प पुनः निर्माण स्थायी आवासको लागि उपलब्ध गराउन तत्काल केन्द्र सरकारलाई गाउँपालिकाबाट अनुरोध गरियोस ।
(२) जुनिचाँदे गाउँपालिकामा केन्द्र सरकार, प्रदेश सरकारवाट विगतमा ठेक्का लगाएका र यस आ.ब.मा गाउँपालिकाबाट विनियोजित भएको बजेट कार्यान्वयनको यथाशिघ्र पहल लिईयोस र साथै छेडागाडको सिमानावाट नम्ररा–लुहादह– कोर्ताङ्ग जाने सडक र सानाखोला– मेसु – तागा– लुहादह हुदै गर्खाकोट जाने सडक लगाएत सम्पूर्ण सडकहरु तत्काल मर्मत गरी जनताको जन जिवनमा सहजता ल्याउनको लागि तत्काल संचालनमा ल्याईयोस ।
(३) जनिचाँदे गाउँपालिकाबाट प्रशासनिक जनसेवामा जनताबाट व्यापक जन गुनासो आएकोले तत्काल समाधान गर्नुपर्ने तपशिल बमोजिम विषयहरु रहेका छन ः
(क) गाउँपालिकाको प्राङ्गनमा गाडी पाकिङ्ग रहेको र तत्काल कार्यालय हाता भन्दा ३०० मिटर टाढाको दुरीमा गाडी पाकिङ्गको लागि उचित व्यवस्थापन गरियोस ।
(ख) जनसेवामा गाउँपालिकाको कामकाजमा असर नपर्ने गरी २०० मिटर भित्र धुम्रपान, मदिरा विक्रि वितरण सेवन गर्न नपाईने व्यवस्था यथाशिघ्र मिलाईयोस् ।
(ग) जनप्रतिनिधि लगाएतहरु बाट राष्ट्रसेवक कर्मचारी माथि हुने गरेको ज्याजतीलाई तत्काल बन्द गरियोस् ।
(घ) गाउँपालिका कार्यालयमा राजनैतिक, आर्थिक, सामाजिक जनसेवाका संवेदनशिल काम हुने भएको हुदाँ शान्ति सुरक्षाको विशेष कडा व्यवस्था मिलाईयोस ।
(४) जुनिचाँदे गाउँपालिकाको बाहौं गाउँसभा, आठौं बजेट अधिवेशनबाट र मिति २०८१–०६–१४ गतेको गाउँ कार्यपालिकाको बैठकवाट नितिगत निर्णय गरी मिति २०८१–०७–०२ गते ७६ जना करार कर्मचारी म्याद थप नगर्ने सार्वजनिक सुचना प्रकाशित गरी हटाईएकोमा तत्काल गाउँपालिकाबाट वजेटको सुनिश्चित गरी ७६ जना कर्मचारीहरुको पुनः स्थापना गरियोस ।
(५) जुनीचाँदे गाउँपालिकामा विगत आ.व. देखि नै वेरुजु बुद्धी भैराखेको कारण गाउँपालिकाको कार्य सम्पादन मुल्याङ्कनमा समस्या पैदा हुने सभावनालाई मध्यनजर गर्दै वार्षिक वजेट विनियोजनको वित्तिय खर्च, भौतिक प्रगती, चौमासिक समिक्षा अन्तत वार्षिक समिक्षामा गम्भिरता पूर्वक छलफल गरी निकास निकालियोस । साथै पुरानो वेरुजु फर्छयौट र न्यूनिरकण गम्भिरता पूर्वक गरियोस ।
(६) जुनीचाँदे गाउँपालिकाको शैक्षिक स्तर विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारवाट विनियोजित वजेट कार्यान्वयनको शिलशिलामा शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्नका लागि विषयगत शिक्षकका लागि आएको रकम सम्बन्धीत विषयगत शिक्षकको लागि खर्च गरी तत्काल पार्दर्शिता कायम गरियोस ।
(७) जुनीचाँदे गाउँपालिकाका आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी अघिल्लो सरकारले स्थापना गरेका ११ वडा सामुदायिक स्वास्थ्य ईकाई तत्काल पुनस्थापना गरियोस ।
(८) जुनीचाँदे गाउँपालिका अन्र्गत संचालन हुने १५ सैयाको गाउँपालिका अस्पताल संचालनको लागि पहल गरियोस ।
(९) जुनीचाँदे गाउँपालिका स्वास्थ्य कार्यालयहरुमा नेपाल सरकारबाट निःशुल्क प्रदान गरिने ९८ वटा औषधीहरुको व्यवस्था गरी आम नागरिकहरुलाई सेवा प्रदान अविलम्ब गरियोस ।
(१०) जुनीचाँदे गाउँपालिकाको वडा नं. ६ र ७ मा रेविज रोगको कारण पशुचौपाय, भेडा, बाखा, गाईहरु बौलाएको हुँदा यथाशिघ्र भोलि देखि नै औषधी, भ्याक्सीन, प्राविधिक डाक्टरहरु सहित उक्त प्रभावित क्षेत्रमा खटाईयोस ।
(११) जुनीचाँदे गाउँपालिका सरकारको गाउँपालिका तथा ११ वटै वडाहरुमा रहेको चल–अचल जिन्शी सम्पत्तीको अभिलेख तत्काल सार्वजनिक गरी संरक्षण गरियोस ।
माथी उल्लखीत ज्ञापन पत्रमा उठाईएका मागहरु पुस मसान्त सम्म कार्यान्वयनमा अभिलम्ब नआएमा, दोश्रो चरणको संघर्षको कार्यक्रम अगाडी बढ्ने जानकारी समेत गराउदछौं ।
जय बहादुर घर्ती (हिमाल)
संयोजक
भिम बहादुर बस्नेत
सचिव
जय ब. बस्नेत ( जिवन्त )
संसदीय दल नेता
नेकपा (माओवादी केन्द्र)
जुनिचाँदे गाउँ समिति, जाजरकोट

प्रतिकृया दिनुहोस्