News Portal

भुकम्पीय विपदले तोडेको भुगोलको सिमा

डिजिटल संचार संवाददाता२०८१ पौष १९
११५ पटक

जाजरकोट
अमेरिकाका नागरिक केलि र गेरीको जोडी सोमबार नलगाड नगरपालिका–१ अनापानीमा पुगेका थिए । अनापानीको बर्थिङ्ग सेन्टरमा निर्माण गरिएको दुइ कोठे प्रतिक्षालय भवन हस्तान्तरण गर्न केलि र गेरीको जोडी अनापानीमा पुगेका हुन् ।

अनापानीमा पुगेर केलि र गेरीले निर्माण गरिएको प्रतिक्षालय भवन वडा कार्यालयलाइ हस्तान्तरण गरेका थिए । आफ्नो छोराको सम्झनामा निर्माण गरिएको प्रतिक्षालय भवन केलि र गेरीले वडा अध्यक्ष धनवीर महरलाइ हस्तान्तरण गरिएको कागज बुझाएका थिए । २०७२ सालमा नेपालमा गएको भुकम्पको पुर्ननिर्माण कार्यमा लामो समय गोरखा, सिन्धुपाल्चोक लगाएतका जिल्लामा काम गरेर अमेरिका फर्के लगतै मृत्यु भएका छोराको सम्झनामा केलि र गेरीले नलगाड नगरपालिकाको अनापानी र बारेकोट गाउँपालिकाको लिम्सामा प्रतिक्षालय भवन निर्माण गरेका छन् । केएर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले संचालन गरेको स्यार परियोजना मार्फत केलि र गेरीले अनापानी र लिम्सामा प्रतिक्षालय भवन निर्माण गरेका थिए ।

२०८० साल कातिक १७ गतेको जाजरकोट भुकम्पबाट भएको मानवीय क्षेतिको २५ प्रतिशत क्षेति व्यहोरेको नलगाड नगरपालिका वडा नं. १ को अनापानीको प्रतिक्षालय भवन हस्तान्तरण गर्दा केलि र गेरी निकै भावुक भएका थिए । भुकम्पीय विपदले भुगोलको सिमालाइ तोडेको जस्तै दृष्य देखिएको थियो । भुकम्पले ज्यान गुमाएका परिवारका सदस्य जस्तै देखिन्थे । आफुनै घाइते भएका होलान जस्तो भावमा केलि र गेरी प्रस्तुत भएका थिए । प्रस्तुत भएको शैली र स्वभावलाइ हेर्दा केलि र गेरी साच्चिकै नेपाली नागरिकनै हुनकि भन्ने भाव झल्किएको थियो ।

छोरालाइ सम्झदै केलि र गेरीले नेपालका बिषयमा आफुलाइ धेरै जानकारी दिएको बताएका थिए । नेपाल प्रकृति र संस्कृतिले सम्पन्न देश भएता पनि यहाँको गरिबी र विपन्नता डरलाग्दो अबस्थामा रहेको उनीहरुले बताएका थिए । प्राकृतिक विपदको दुखद क्षणमा पिडाहरु साटासाट गर्न नेपाल आइपुगेको बताएका थिए । सामुहिक रुपमा नेपालीहरुले भुकम्पीय विपदको सामाना गरिरहेको दृष्यले भावुक बनेको बताएका थिए ।

केली र गेरीसंगै अनापानीमा पुगेका केएर नेपालका कन्ट्री डाइरेक्टर मोना सेर्पा जाजरकोट भुकम्प पश्चात थुप्रै पुर्नलाभका कार्यक्रमहरु संचालन भएको बताएकी थिइन् । भुकम्प पुर्नलाभका कार्यक्रमले जीविकोपार्जन सम्बन्धिका थुप्रै कार्यक्रम संचालन भएको बताउदै कन्ट्री डाइरेक्टर सेर्पाले आगामी दिनमा कार्यक्रमले जीवन स्तरमा परिवर्तन आउनुपर्ने भनाइ राखेकी थिइन् ।

केएर नेपालसंगको सहकार्यबाट जाजरकोट जिल्लाका विभिन्न ठाउँमा लामो समयदेखि पुर्वाधार निर्माण तथा सामाजिक कार्य गर्ने अबसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले केएर नेपालसंगको सहकार्य अनन्त कालसम्म चलि रहने विश्वास व्यक्त गरेका थिए । अध्यक्ष शाहले अनापानीमा निर्माण गरिएको प्रतिक्षालय भवनको सहि सदुपयोग गर्न वडा कार्यालय र स्वास्थ्य संस्थालाइ आग्रह गरेका थिए ।

विभिन्न स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर र प्रतिक्षालय भवन निर्माण गरेर नलगाड नगरपालिकामा ठुलो योगदान गरेको बताउदै नगर स्वास्थ्य शाखाका प्रमुख तप्त बहादुर चनाराले भुकम्पीय विपदको समयमा घाइतेहरुको उपचार, गर्भवति सुत्केरी महिलाहरुको स्वास्थ्य सुरक्षामा नगर स्वास्थ्य शाखालाइ साथ दिएकोमा केएर नेपाललाइ धन्यवाद दिएका थिए ।

नेपालबाट अमेरिका फर्केेपछि ज्यान गुमाएका केलि र गेरीका छोराप्रति श्रद्धान्जली अर्पण गर्दै वडा अध्यक्ष महरले भुकम्पको घटनालाइ स्मरण गरेर भावुक बनेका थिए । भौगलिक रुपमा विकट, दलित, जनजाति समुदायको बाहुल्यता रहेको नलगाड नगरपालिकाको वडा नं. १ मा सामुदायिक तथा नीजि अस्थायी आबास निर्माण, राहत वितरण, जीविकोपार्जन लगाएतका विभिन्न कार्यक्रम संचालन गरेकोमा केएर नेपाल र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटलाइ वडा अध्यक्ष महरले धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस्