जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा एक हप्ते डकर्मी तालिम सम्पन्न भएको छ । यही माघ ४ गतेदेखि सुरु भएको डकर्मी तालिम १० गते सम्पन्न भएको हो ।
२०८० कातिक १७ गते मध्यराति गएको भुकम्पले ध्वंश भएको जाजरकोट जिल्लालाइ पुर्ननिर्माण गर्न आबश्यक पर्ने जनशक्ति उत्पादन गर्न खलंगामा एक हप्ते डकर्मी तालिम संचालन गरिएको थियो । युएसआइडी र सेभ द चिल्ड्रेलनको आर्थिक सहयोगमा पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरेको सिघ्र पुनर्लाभ तथा विपद उत्थानशिल परियोजनाले खलंगामा एक हप्ते डकर्मी तालिम संचालन गरेको थियो ।
जाजरकोट भुकम्पबाट प्रभावित जाजरकोट जिल्लाका भेरी, नलगाड, छेडागाड नगरपालिका र कुशे गाउँपालिका, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका २३ जनालाइ डकर्मी तालिम दिएको परियोजना संयोजक मधुराज उपाध्यायले जानकारी दिए । संयोजक उपाध्यायले दिएको जानकारी अनुसार एक हप्ते डकर्मी तालिममा सहभागी २३ जना मध्ये २ जना महिला रहेका थिए भने, २१ जना पुरुष रहेका थिए । तालिममा ३ जना जनजाति, ६ जना दलित र १४ जना ब्राहमण÷क्षेत्री सहभागी रहेका थिए ।
स्थानीय साधन स्रोतको प्रयोग गरेर भुकम्प प्रतिरोध घरहरु निर्माण गर्न सक्ने प्रविधि, सीप तथा ज्ञानको जानकारी दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको परियोजना संयोजक उपाध्यायले बताए । उक्त तालिमको सहजीकरण ईन्जिनियर निर्मल बमले गरेका थिए । प्रैयाक्टिकल र थेउरी दुवै विधिमा संचालन गरिएको उक्त तालिममा सहभागीहरुलाइ आरसिसी वाल र ढुङ्गा–माटाको वालबाट निर्माण गरिने भुकम्प प्रतिरोध भवन निर्माण गर्ने विधि, ज्ञान तथा सीप सिकाएको ईन्जिनियर बलमे जानकारी दिए ।
परियोजनाले यो भन्दा अगाडी पनि स्थानीय तहहरुसंगको समन्वयमा डकर्मी तालिम संचालन गरेको थियो । स्थानीय तहहरुसंगको समन्वयमा १३ वटा डकर्मी तालिम संचालन गरिएको परियोजना संयोजक उपाध्यायले बताए । उनले दिएको जानकारी अनुसार हालसम्म ६ वटा स्थानीय तहका ३८० भन्दा बढिलाइ परियोजनाले डकर्मी तालिम दिइ सकेको छ ।