News Portal

लागु औषध नियन्त्रण गर्न भेरी नगरपालिकामा बृहत निशुल्क योग शिविर सम्पन्न

शिविरबाट ४३ जना दिक्षित

डिजिटल संचार संवाददाता२०८२ बैशाख ११
१६२ पटक

४०० जनाले दैनिक योगाभ्यास
जाजरकोट
लागु औषध रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले बृहत निशुल्क योग शिविर सम्पन्न गरेको छ । त्रिभुवन माध्यामिक विद्यालय थाप्लेको प्राङ्गणमा संचालन गरिएको बृहत निशुल्क योग शिविर बुधबार सम्पन्न भएको हो ।

पतञ्जली योग समिति नेपालको सहजीकरणमा भेरी नगरपालिकाले बृहत निशुल्क योग शिविर संचालन गरेको थियो । यही बैसाख ७ गतेदेखि ११ गतेसम्म संचालन भएको उक्त शिविरमा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी (अध्यक्ष) लवदेव मिश्रले सहभागीहरुलाइ योगाभ्यास गराएका थिए ।

नगरपालिकाले बृहत निशुल्क योग शिविरसंगै पाँच दिने योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट ४३ जना दिक्षित भएको भेरी नगर स्वास्थ्य शाखा प्रमुख दिपक ओलीले जानकारी दिएका छन् । शाखा प्रमुख ओलीले दिएको जानकारी अनुसार प्रशिक्षणबाट दिक्षित भएका ४३ जनाले गाउँ तथा टोल नागरिक र विद्यालयहरुमा योगाभ्यास गराउने भएका छन् ।

पतञ्जली योग समिति नेपालका प्रशिक्षक लोकनाथ खनाल, पतञ्जली योग समिति नेपाल कर्णाली प्रदेशका इन्चार्ज बशन्त शर्माको सहयोगमा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी (अध्यक्ष) लवदेव मिश्रलेनै पाँच दिनसम्म ४३ जना सहभागीहरुलाइ प्रशिक्षक प्रशिक्षण दिएका थिए ।

पाँच दिनसम्म संचालन गरिएको बृहत निशुल्क योग शिविरबाट दैनिक ४०० जनाले योगाभ्यास गरेको नगर स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिएका छन् । पेट, ढाँढ र घुढा सम्बन्धीका बिरामीहरुले उक्त शिविरबाट स्वास्थ्य सुधार हुदै गएको प्रतिकृया दिएका थिए ।

गत बर्षदेखि लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धीको अभियान संचालन गरेको भेरी नगरपालिकाले लागु औषध दुव्र्यसनको कुलतमा नफसेकाहरुलाइ दुव्र्यसनबाट जोगाउन योगाभ्यास लगाएतका विभिन्न कृयाकलापहरु संचालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिए । त्यसैगरी नगरपालिकाले दुव्र्यसनको कुलतमा फसेकाहरुको पहिचान गर्न विभिन्न अध्ययन तथा अनुसन्धान गरिरहेको छ शाखा प्रमुख ओलीले भने–“पहिचान भएकाहरुको नगरपालिकाले व्यवस्थापन गर्दछ, चिकित्सकको सल्लाहमा पुनस्र्थापना केन्द्रमा लैजानु पर्ने व्यक्तिलाइ नगरपालिकाले प्रतिव्यक्ति ५० हजार सहायता प्रदान गर्ने भएको छ, पुनस्र्थापना केन्द्रमा ९० दिनको कोर्ष दिएर घर फर्काउने व्यवस्था गरिएको छ ।”

पुनस्र्थापना केन्द्रबाट घर फर्किएकाहरुलाइ पुनः लागु औषध दुव्यर्सनको कुलतबाट जोगाउन नगरपालिकाले विभिन्न रोजगारी दिनुको साथै विभिन्न कृयाकलापमा सहभागी गराउने कार्यक्रम तय गरेको नगर स्वास्थ्य शाखा प्रमुख ओलीले जानकारी दिए । शाखा प्रमुख ओलीका अनुसार विभिन्न कृयाकलापहरु संचालन गरेर पनि नगरपालिका भित्र लागु औषध रोकथाम तथा नियन्त्रण नभएमा नेपाल सरकारको मौजुदा कानुनलाइ कार्यान्वयन गर्ने तयारी गरिएको छ । कानुन कार्यान्वयन गर्नुपर्ने अबस्था आएमा मध्यपान, धुर्मपाना जस्ता लागु औषधहरुको उत्पादन, ओसारपसार र विक्रि वितरणमा कानुनले गरेको व्यवस्था अनुसार रोक लगाउने तयारी गरिएको शाखा प्रमुख ओलीले बताए ।

लागु औषध रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले नगर प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षतामा नगर स्तरीय लागु औषध रोकथाम तथा नियन्त्रण समिति, प्रत्येक वडामा सरोकारवाला समुह, प्रत्येक टोलमा दवाव समुहलाइ क्रियाशिल राखेको शाखा प्रमुख ओलीले जानकारी दिए । लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेताना पैदा गर्न नगरपालिकाले सचेतनामुलक होर्डिङ्गबोर्ड, विभिन्न संचार माध्यामबाट सुचना तथा जिङ्गल प्रकाशन, सडक नाटक, भिडियो डकुमेन्ट्री प्रदर्शन लगाएतका कृयाकलाप संचालन गर्दै आएको छ ।

लागु औषध रोकथाम तथा नियन्त्रण गर्न पाँच दिने बृहत निशुल्क योग शिविर संचालन गरेको नगरपालिकाले केही दिनभित्रै बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारीमा रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्