News Portal

मातातिर्थ औंसीमा १५ जना संघर्षशिल आमालाइ सम्मान

खुल्ला लोकगीतको आयोजना

डिजिटल संचार संवाददाता२०८२ बैशाख १४
१६४ पटक

“हाम्रो जाजरकोट” पुस्तक विमोचन
जाजरकोट
मातातिर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको अबसरमा जाजरकोटमा १५ जना संघर्षशिल आमाहरुलाइ सम्मान गरिएको छ भने, आमाप्रति समर्पित खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गरिएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा १५ जना संघर्षशिल आमाहरुलाइ सम्मान गर्नुको साथै खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गरिएको हो ।

आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेर भेरी नगरपालिका–३ निबासी ज्वालाकुमारी शाह, भेरी–४ निबासी लिला शाही, भेरी–४ कै शान्ता देवी राठौंर, भेरी–१ निबासी गीता वस्नेत, भेरी–५ निबासी कलावती चन्द ठकुरी, भेरी–३ निबासी रुखमीनी शाह, भेरी–११ निबासी भगवती आचार्यलाइ जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले संघर्षशिल आमा सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए । अध्यक्ष केसीले दिएको जानकारी अनुसार कुशे गाउँपालिका–५ निबासी तुलक्षी थापा, भेरी–४ की पदमकला बिक, कुशे–४ की हिरादेवी वस्नेत, भेरी–१ की पुतली विक, भेरी–११ की ऐरावती आचार्य, भेरी–४ की कालिकादेवी शर्मा, भेरी–४ कै मुकुलादेवी शर्मा र भेरी–३ की तारादेवी शाहलाइ प्रतिष्ठानले संघर्षशील आमा सम्मान गरेको छ ।

प्रतिष्ठानले संघर्षशिल १५ जना आमाहरुलाइ फुलमाला, अविर लगाउनुको साथै दोसल्ला ओढाएर सम्मान गरेको थियो । प्रतिष्ठानले संघर्षशिल आमाहरुलाइ जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीद्धारा सम्मान पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

त्यसैगरी प्रतिष्ठानले आयोजना गरेको आमाहरुप्रति सर्मित खुल्ला लोकगीत प्रतियोगितामा भेरी नगरपालिका–१ की सरिता विक प्रथम भएकी थिइन भने, बारेकोट गाउँपालिकाकी निशानी बस्नेतले द्धितीय स्थान हासिल गरेकी थिइन् । त्यसैगरी छेडागाड नगरपालिका–१० की मिना थापाले तृतीय स्थान हासिल गरेकी थिइन भने, भेरी नगरपालिका–२ की पार्वती ओलीले सान्तोना स्थान हासिल गरेकी थिइन् । आमाप्रति समर्पित खुल्ला लोकगीत प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने प्रतियोगिहरुलाइ नगद पुरस्कारसंगै सम्मान पत्र प्रदान गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि खत्रीद्धारा प्रतिष्ठानका अध्यक्ष केसीद्धारा लिखित “हाम्रो जाजरकोट” नामको पुस्तक विमोचन गरिएको थियो । जाजरकोट जिल्लाको इतिहास र वर्तमानलाइ जान्न र बुझ्न सहयोगी सामाग्रीका रुपमा अध्यक्ष केसीले “हाम्रो जाजरकोट” नामको कृति प्रकाशन गरेका छन् । केसीद्धारा प्रकाशित उक्त कृतिबाट जाजरकोट जिल्लाको राजनीति, आर्थिक, सामाजिक तथा साँस्कृतिक अबस्थाको सिंहावलोकण गर्न सहयोगी यन्त्रका रुपमा रहेको प्रध्यापक चन्द्र बहादुर बुढाले भनाइ राखेका छन् ।

प्रतिष्ठानले आयोजना गरेको खुल्ला लोकगीत प्रतियोगीताको लागि आमा बिष्णुकुमारी भडेलको नाममा छोरा सत्रुधनकुमार भडेलले १२ हजार, संघर्षशिल आमाहरुको सम्मानको लागि आमा जयाकुमारी खड्काको नाममा छोरा रत्न खड्काले १५ हजार ५५५ र भेरी नगरपालिका–४ निबासी ओम बहादुर खत्रीले ५ हजार सहयोग गरेको अध्यक्ष केसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्